धनगढी- भारतीय प्रहरी र व्यवसायीबाट भारतको पलियामा सोमबार एक नेपाली कुटिएका छन्।
पेट्रोलियम पदार्थ ढुवानी गर्न भारतको बन्थरातर्फ जाँदै गरेको ना४ख ४१३६ नम्बरको ट्यांकरका चालक राजकुमार चौधरीमाथि कुटपिट भएको हो। कुटपिटबाट उनी गम्भीर घाइते भएको बताइएको छ।
धनगढीबाट बन्थरा जाँदै गर्दा पलिया नजिकै स्कार्पियोले गरेको गल्तीको दोष ट्यांकर चालक चौधरीमाथि लगाएर कुटपिट गरिएको ट्यांकर व्यवसायी संघ कैलालीका सचिव ललित चन्दले बताए। कुनै गल्तीबिना नै प्रहरीले समेत स्थानीयसँग मिलेर चालकलाई कुटपिट गरेको सचिव चन्दले बताए।
घाइते चौधरीको पलियास्थित सिटी अस्पताल उपचार भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।