काठमाडौं– विगत ६ महिनादेखि नेपालमा अनलाइन मार्केटिङको नाममा ठगी गरेको आरोपमा दुई जना बिदेशी नागरिक पक्राउ परेका छन्। बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेस शर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
फोरेक्स इन्टरनेशनल अनलाइन मनि मार्केटका नाममा उनीहरुले पैसा उठाएर ठगी गरेका थिए।
ग्यारेन्टी नाफा हुँने भन्दै पैसा लगाउन लाउने र पछि पैसा फिर्ता नदिएको खुलेपछि उनीहरु पक्राउ परेका हुन्।
६० प्रतिशतसम्म नाफा हुने भनेर लगानी गर्न लगाउने र तर कारोबारको कुनै प्रमाण राख्दैन थिए। नेपालमा उनीहरुले प्रतिबन्धित नेटवर्किङ धन्दा चलाएको डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।