काठमाडौ –नेपाली कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठक पार्टी मुख्यालय सानेपामा सोमबार पनि सुरु भएको छ। निर्वाचनको समिक्षा, संगठनको अवस्था र भावी रणनीतिबारे छलफल गर्न शुक्रबारदेखि सुरु भएको बैठक शनिबारपछि सोमवारका ९ बजेका लागि तोकिएको थियो । ।
समयमा पार्टी नेतृत्वदेखि समितिका सदस्यहरु समेत उपस्थित हुन नसकेपछि झण्डै डेढ घण्टा ढिलोगरी बैठक शुरु भएको छ । आजको बैठकको सुरुमा केन्द्रीय सदस्य गोविन्द भट्टराइले पहिलो वक्ताको रुपमा आफ्ना धारणा राखेका छन्।
उनले पार्टी कमजोर हुनुको कारण समिक्षा मात्र नगरि सुधार पनि हुनु पर्ने धारणा राखे । काँग्रेस इतिहासकै कठिन मोडमा पुगेको कुरा सवै पक्षले स्वीकार गरेर गुट भन्दा बाहिर निस्केर काम गर्नु पर्ने धारणा उनले राखे । बैठकमा बोल्ने समयको माग गर्दै २६ जना सदस्यहरुले नाम टिपाएका छन् । अपरान्ह १ बजेदेखि प्रतिनिधि सभा संसदको बैठक रहेको कारण सवैको पालो आउने सम्भावना न्युन रहेको देखिन्छ ।
पहिलो दिनमा तीन जना र दोस्रो दिनमा ८ जना सदस्यले आफ्नो धारणा राखेका थिए। प्रकाशमान सिंह , कृष्ण सिटौला र अन्य युवा नेताहरुले पार्टीभित्र परिर्वतन हुनु पर्ने भएकाले अव नेतृत्व समेत फेरिनु पर्ने माग गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।