फलेवास- पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा निर्माणाधीन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन्।
साबिकको शंकरपोखरी–४ राहालेपानी घर भई हाल नेपालगन्जमा व्यवसाय गर्दै आएका राजुप्रसाद काफ्ले र उनकी पत्नी सीमाले दिवंगत बाबुआमा अनिरुद्र/मोतीकुमारी काफ्लेको स्मृतिमा रु दुई लाख एक हजार १११ सहयोग गरेका हुन्।
रामनवमीको अवसरमा मन्दिरमा आयोजित कार्यक्रममा उनका आफन्त सन्तोष रिमालले काफ्लेले पठाएको रकम मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको समितिका सचिव हरिप्रसाद तिवारीले बताए।
सत्तल निर्माणको काम अहिले चलिरहेको छ। सत्संग समाजले मन्दिरको सत्तल निर्माण गर्न लागेको हो। केही वर्ष पहिले राधाकृष्ण मन्दिर बनाइएको थियो। सोही मन्दिर परिसरमा सत्तल बनाउन लागिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।