रामपुर- गुरुकुल पाठशाला तथा प्राकृतिक चिकित्सालय निर्माणका लागि कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा सञ्चालन भएको महायज्ञमा रु तीन करोड बराबरको दान संकलन भएको छ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी र स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाको संगमस्थल कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा चैत ३ गतेदेखि सञ्चालन भएको महायज्ञ आइतबारसम्म चलेको थियो।
महायज्ञ अवधिभर रु ८१ लाख नगद दान र २२ रोपनी बराबरको जग्गादान गरी करीव रु तीन करोड बराबरको दान संकलन भएको यज्ञ मूल सम्पादन समितिका अध्यक्ष शंकरप्रसाद पाण्डेले जानकारी दिए।
रामतपोभूमिका रुपमा परिचित यस क्षेत्रमा धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि श्रीराम कथा ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरिएको हो। महायज्ञ अवधिभर पण्डित चैतन्य कृष्णको मुखारबिन्दबाट संगीतमय शैलीमा कथाप्रवचन भएको थियो।
साथै महायज्ञका अवसरमा यहाँका विभिन्न व्यक्तिले गुरुकूल पाठशाला र प्राकृतिक चिकित्सालयका निम्ति आठ कोठे भवन र दुई वटा ढोका निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।