पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका ७ तिनधारेमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
बिजुलीको तार लोड गरी पाँचथर फिदिमबाट तम्फुवा सुभाङ जादै गरेको बा २ क ६६८३ नम्बरको रेनु कन्ट्रक्सन कम्पनी काठमाडौंको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ट्रकका सहचालक महोत्तरीको बर्दिवास ४ का ४० वर्षीय उमेश सिंहको घटनास्थलमानै मृत्यु भएको छ। चालक सोही स्थानका २६ वर्षीय शिव महरा गम्भीर घाइते भएका छन्।
महराको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।