चितवन- मिलनटोलमा ना ५ ख २००२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
गम्भीर घाइते भएका स्थानीय ७४ वर्षीय भीमबहादुर बरालको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो। शवलाई पोस्टमार्टका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।
दुर्घटनामा संलग्न बससहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।