• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रुपन्देहीका राष्ट्रिय गौरवका आयोजना : बाहिर तीव्र गति, भित्र काम सुस्त

64x64
नेपाल लाइभ आइतबार, पुस १३, २०७६  १६:३३
1140x725

भैरहवा– सरकारले तोकिएको समयमै काम सम्पन्न गर्ने गरी राष्ट्रिय गौरवका आयोजना सञ्चालन गरे पनि रुपन्देहीमा सञ्चालित आयोजना भने सुस्त गतिमा छन्। रुपन्देहीमा राष्ट्रिय गौरवका आयोजना लुम्बिनी गुरुयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा राष्ट्रिय प्राथमिकता आयोजनाको रुपमा बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग र विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालित छन्। यी आयोजनाको काम बाहिरबाट रफ्तारमा देखिए पनि भित्री रुपमा निकै सुस्त छन्। 

लुम्बिनी गुरुयोजना

बुद्ध जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकासका लागि २०३५ सालअघि नै लुम्बिनी गुरुयोजना निर्माण भएको थियो। जापानका वास्तुकलाविद प्रोफेसर डा. केन्जो टाँगेले ४१ वर्ष अगाडि गुरुयोजना तयार गरेर सरकारलाई बुझाए पनि अहिलेसम्म पुरा हुन सकेको छैन। गुरुयोजना तयार भएको चार दशकमा ८२ प्रतिशतमात्र काम सम्पन्न भएको छ।

निकै सुस्त गतिमा काम भइरहेकाले बाँकी १८ प्रतिशत सम्पन्न हुन कति वर्ष लाग्ने हो टुंगो छैन। लुम्बिनी विकास कोषले भने ३ वर्षभित्र सक्ने दावी गर्दै आएको छ। कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले गुरुयोजना अन्तरगतका महत्वपूर्ण र ठूला आयोजना सम्पन्न हुने क्रम रहेकाले आगामी ३ वर्षभित्र गुरुयोजना सम्पन्न हुने बताए। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७१ माघ १ गते शिलान्यास भएको थियो। ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले शिलान्यास गरेको विमानस्थलको निर्माण अझै सम्पन्न भएको छैन। ०७४ पुस १६ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि हालसम्म ८५ प्रतिशतमात्र काम सम्पन्न भएको छ। 

दुइपटकसम्म म्याद थपिएको विमानस्थल निर्माणको काम फेरि लम्बिएको छ। सन् २०२०को शुरुवातमा परीक्षण उडान गर्ने भनिए पनि विमानस्थलको काम अरु ३ महिना लम्बिने भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यही डिसेम्बरमा बाँकी काम पूरा गरेर जनवरीमा परीक्षण उडान गर्ने तयारी थियो। तर उपकरण आयातमा भएको ढिलाइ, ठेकेदार कम्पनीलाई आवश्यक रकम भुक्तानीको समस्या र ठेकेदारको व्यवस्थापनमा कमजोरी भएका कारण काम सक्न ढिलाइ भएको आयोजनाको भनाइ छ। 

विमानस्थल आयोजनाले २०२० को मार्च महिनामा परीक्षण उडान गर्ने गरी काम अगाडि बढाएको छ। सन् १९५८ देखि सञ्चालित ६१ वर्ष पुरानो विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको निर्णयसँगै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १गते अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए।

निर्माण सुरु भएको ३ वर्षमै पूरा गर्ने लक्ष्य लिइए पनि मधेश आन्दोलन, भारतीय नाकाबन्दी, बन्द हड्ताल, निर्माण सामग्रीको अभावजस्ता कारणले काम सकिएन। यसको यसअघि २ पटकसम्म म्याद थपिएको थियो भने जनवरीमा परीक्षण उडान गर्न सम्भव नभएपछि फेरि अवधि लम्बाइएको छ।

Xtrem

Xtrem

विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलका निर्माणका महत्वपूर्ण काम सकिएका छन्। धावनमार्ग, ५१ हजार ८ सय मिटरको विदेशी जहाज पार्किङ स्थल र ८ हजार १ सय ९० मिटरको स्वदेशी जहाज पार्किङ स्थल, मुख्य प्रशासनिक भवन, २ किलोमिटर बढी घाँघरा खोला डाइभर्सन, विद्युतीय सब स्टेशन, १६ सय मिटर नाली, ५ दशमलब ८ किलोमिटर फेन्सिङ निर्माणको काम पनि पूरा भैसकेको छ। अहिले १५ हजार एक सय ६९ वर्ग मिटरको मुख्य टर्निमल भवन, २ हजार एक सय ४१ वर्ग मिटरको कन्ट्रोल टावर भवन, पाँचहजार वर्ग मिटरको आन्तरिक यात्रु आवागमन टर्मिनल र १५ हजार वर्ग मिटरको अन्तरौष्ट्रिय यात्रु कक्ष निर्माणको काम चलिरहेको छ।

संगै लिंक ट्याक्सी मार्गको पीच, अग्नि नियन्त्रण कक्ष निर्माणको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। विमानस्थल वरपर तारबार, ओभरहेड पानी ट्यांकी निर्माणको काम सम्पन्न हुने अवस्थामा छन्। ९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँ लागतमा कार्गो भवन पनि निर्माणकै चरणमा छ।आयोजनाका अनुसार अहिले ८४ प्रतिशत भौतिक निर्माणको काम पूरा भएको छ।

अधिकांश भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र फिनिसिङको काम सकिन लागेकाले प्राविधिक उपकरण मगाउने कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको आयोजना प्रमुख अधिकारीले बताए। ६ अर्ब ८० करोड रुपैयाँ लागतको यो विमानस्थलमा एशियाली विकास बैंक (एडीबी)को ऋण ४० दशमलव ५ प्रतिशत, एडीबीको अनुदान ८ प्रतिशत, ओएफआईडी ऋण ३० दशमलव ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लागत साझेदारी छ। सन् २०१४ नोभेम्बर १३ मा ८५ दशमलव ५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभीएशनसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८ दशमलव ३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो। नर्थवेष्ट कम्पनीले करीब ५० जना चिनियाँसहित चारसय कामदारलाई दैनिक दुई सिफ्टमा काम गराइरहेको छ।

यता पर्यटन मन्त्री योगेश भट्टराईले २०२० को भ्रमण वर्ष सुरुवातसँगै विमानस्थल सञ्चालनमा ल्याउने बताइरहेका छन्। तर, सञ्चालनमा आउने छाँट छैन। बजेटदेखि नदीजन्य पदार्थको समस्याले मारमा पर्दै आएकाले पनि आयोजना समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। आयोजना प्रमुख अधिकारीले आगामी मार्च ३० तारिखसम्म विमानस्थल सञ्चालनको लागि योग्य हुने बताए।

विशेष आर्थिक क्षेत्र (सेज)

राष्ट्रिय प्राथमिकता आयोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) करिब १६ वर्ष अघिबाट निर्माण सुरु भएको हो। ६९ वटा प्लट रहेको सेजमा ३ वटा उद्योगमात्र सञ्चालनमा छन्। सरकारले सेजको ३ पटक उद्घाटन गरिसक्यो, तर पूर्णता भने पाउन सकेको छैन। २०७१ मंसिर २ गते तत्कालीन गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश बस्नेतले संयुक्त रुपमा सेज उद्घाटन गरेका थिए। त्यसैगरी २०७३ फागुन ५ गते पुनः तत्कालीन उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरेका थिए। त्यस्तै २०७६ वैशाख अन्तिम साता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले औपचारिक उद्घाटन गरेका थिए।

हाल सम्म सेजमा विद्युतीय सब–स्टेशन निर्माण गरिएको छैन भने माग अनुसारका उद्योगले उद्योग स्थापना भएको छैन। विद्युतको कारण देखाउँदै उद्योगीहरूले सेजमा उद्योग सञ्चालन गर्न मानिरहेका छैनन्। तर, सेज व्यवस्थापनले भने विद्युतकै कारण उद्योग स्थापनामा समस्या नरहेको बताएको छ। सब–स्टेशन नभए पनि उद्योगीलाई उद्योग सञ्चालनका लागि आवश्यक विद्युत प्राप्त हुने सेजले बताउँदै आएको छ। 

सेजमा उद्योग सञ्चालनका लागि कम्तीमा १० मेघावाट विद्युत आवश्यक पर्ने सेज व्यवस्थापनले जनाएको छ। तर, अन्य कार्यालयहरू, ओभरलोड र बाँकी प्लटमा उद्योग सञ्चालनका लागि भन्दै २० मेघावाट विद्युत ल्याउने सेजको तयारी छ। ‘सबस्टेशन निर्माण नहुनु हाम्रो कमजोरी हो’ सेजका प्रवक्ता सुन्दर थापाले भने, ‘सेज पूर्ण रुपमा सञ्चालन नआउनुमा केही हाम्रो कमजोरी छ भने केही उद्योगीको पनि छ।’ उनले अब एक वर्षभित्र सेजमा विद्युतका लागि सब स्टेशन निर्माण भइसक्ने र पूर्ण रुपमा सञ्चालनमा आउने दाबी गरे।

रुपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ बिघा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र सेजमा १४ सय देखि ३७ सय वर्ग मिटर सम्मका ६९ वटा प्लट छन्। सेज सञ्चालन व्यवस्थापन मापदण्ड तथा कार्यविधि अनुसार विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताउनु भयो। ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ।यस्ता उद्योगहरूलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ।

बेलहिया–बुटवल सडक
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवलद्वारा निर्माणाधीन बेलहिया–बुटवल सडक आयोजना ८ वर्षअघि सुरु भएको थियो। २०६९ मा सुरु गरिएको सडक निर्माणको काम हालसम्म सम्पन्न हुन सकेको छैन। नेपाल–भारत सीमा नाका बेलहियादेखि बुटवल सम्मको साढे २७ किलोमिटर सिद्धार्थ राजमार्गअन्तर्गतको ६ लेन सडक निर्माणका लागि  टुक्रे ठेक्काबाट निर्माण सुरु गरिएको हो। यो सडक अहिले पनि निर्माणाधी अवस्थामै छ। ठेकेदारहरूको चरम लापरवाहीका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको हो। 

हाल सडकको दुवै तर्फको मुख्य सडकको काम (भैरहवाको अञ्चलपुर र बेलहिया बाहेक) सम्पन्न भएको छ। सहायक सडक(सर्भिस लेन), हरियाली, सडक बत्तिलगायत काम भने अझै पनि सकिएको छैन। साढे २७ किलोमिटर सडकमध्ये २० दशमलव २५ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने ७ दशमलव ५ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ।  ८७ प्रतिशत काम सकिएको र बाँकी १३ प्रतिशत काम यही आर्थिक वर्षभित्र सकिने आयोजना प्रमुख जिवेन्द्र मिश्रले दाबी गरे। 

उनले बेलहियामा अहिले सडक निर्माणले गति लिएको र सर्भिस लेनको काम पनि तीव्र गतिमा भईरहेकाले यसै आर्थिक वर्षभित्र सम्पन्न हुने उल्लेख गरे। बुटवलको राजमार्गदेखि गोलपार्क सम्मको सडक निर्माणको विषयमा अदालतमा मुद्दा दायर भएकाले आयोजना कहिले सम्पन्न हुने हो टुंगो छैन।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्