बर्दिबास- महोत्तरीका १५ स्थानीय तहमध्ये शनिबार साँझसम्म १३ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ । घोषित नतिजा अनुसार पाँच स्थान जित्दै राष्ट्रिय जनता पार्टी (राजपा) अग्रपंक्तिमा छ भने चार स्थान जित्दै माओवादी दोस्रो स्थानमा छ।
नेपाली कांग्रेसले तीन तह जितेको छ भने संघीय समाजवादी फोरम एक स्थानमा विजयी भएको छ।
महोत्तरीका अब दुई स्थानको मात्र परिणाम आउन बाँकी छ । गणना जारी रहेका दुवै स्थानमा राजपाले अग्रता लिइरहेको छ।
१३ स्थानको घोषित नतिजामा प्रमुख पदमा को कहाँ विजयी?
राजपा
जलेश्वर नगरपालिका
मटिहानी नगरपालिका
भंगाहा नगरपालिका
महोत्तरी गाउँपालिका
एकडारा गाउँपालिका
माओवादी केन्द्र
बर्दिबास नगरपालिका
गौशाला नगरपालिका
रामगोपालपुर नगरपालिका
सम्सी गाउँपालिका
कांग्रेस
बलवा नगरपालिका
लोहारपट्टी नगरपालिका
औरही नगरपालिका
संघीय समाजवादी फोरम
सोनमा नगरपालिका
घोषणा हुन बाँकी २ स्थानीय तहमा अग्रताको अवस्था:
राजपा
मण्डासिसवा कटैवा नगरपालिका
पिपरा गाउँपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।