रौतहट- विजय जुलसमा सहभागी हुन जाँदै गरेका कांग्रेस कार्यकर्तालाई एमालेका कार्यकर्ताहरुले रौतहटमा कुटपिट गरेका छन्।
रौतहटको बृन्दावन नगरपालिकामा–५ स्थित हर्षाहामा शनिबार दिउँसो झडप हुदा ४ जना कांग्रेस कार्यकर्ता घाइते भएका हुन्। विजय जुलुसमा सहभागी हुन बृन्दावन नगरपालिकाको विश्रामपुर जाँदै गरेको अवस्थामा झडप भएको हो। सो क्रममा कांग्रेसका शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह घाइते भएका छन्।
घाइतेहरुको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। आफूसँग भएको ३३ हजार रकम समेत लुटिएको मोहम्मद सैमुल्लाहले बताए। घाइतेहरुको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेकोे छ।
रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।