काठमाडौँ, (रासस)– धितोपत्र बजारमा यस साता रु एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६९ कम्पनीको ६७ लाख १५ हजार ४९० कित्ता शेयर कारोबार भएको हो।
कारोबार रकम गत साताको भन्दा ५० दशमलव ३४ प्रतिशत कम हो । गत साता १७७ कम्पनीको रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार बराबरका ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका थिए।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव १३ अंकले घटेर अन्तिम दिन एक हजार ५३९ दशमलव ८१ अंकमा पुगेको छ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ५३ अंकले घटेर ३२३ दशमलव ११ अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। सो कम्पनीको रु २८ करोड ९० लाख ९० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको दुई लाख ६२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए।
यस साता नेपाल स्टक एक्स्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।