वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका मेयर उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
जारी मतगणनामा प्रमुखको पदमा केही समयअघि दुई दलबीच ५ सय मतको अन्तर थियो भने भर्खरै प्राप्त मतमा मतको अन्तर एक सयमा झरेको छ।
वीरगञ्जमा अहिलेसम्म ३६ हजार ५ सय ६८ मत गणना भइसकेको छ। पछिल्लो मत अनुसार, राजपा तेस्रो क्रममा छ भने माओवादी केन्द्र चौथो स्थानमा छ।
प्रमुख/उप्रमुख
कांग्रेस ७९४९/९१८९
संघीय स. फोरम ७८३२/७५०५
राजपा ५७९९/४९५३
माओवादी केन्द्र ३९८२/२६९३
एमाले ३८९६/४७५७
लोकतान्त्रिक फोरम २९०१/२२४२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।