काठमाडौं- नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तीन दिने सम्मेलन ३३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।
राजधानीमा चलेको तीन दिने सम्मेलन आइतबार घोषणापत्र जारी गर्दै सकिएको हो।
फौजदारी अपराध अनुसन्धानलाई विश्वसनीय बनाउन अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ४,५ र ६ गते काठमाडौंमा चलेको थियो।
सम्मेलनमा ६ सय २५ जनाको सहभागीता रहेको थियो। प्रहरी अधिकृत ३ सय २०‚ सरकारी वकिल २ सय ७० र पर्यवेक्षक ३५ जना सहभागी भएका थिए। सम्मेलनमा विभिन्न १४ विषयका कार्यपत्र पेश गरिएको थियो।
सम्मेलनले फौजदारी अपराध संहिताको कार्यान्वयनमा देखिएका चुनौतीहरुलाई समाधान गर्ने बाटो खोज्ने लक्ष्य राखेको थियो। मुद्दाको अनुसन्धानका लागि पनि सरकारी वकिल र प्रहरीबीचको सहकार्यलाई पनि नयाँ उचाइमा पुर्याउने लक्ष्य सम्मेलनले लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।