काठमाडौं– प्रेम कथामा तयार भएको फिल्म ‘जिउँदो’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। दार्जिलिङमा खिचिएको यो फिल्मलाई अलमिस्ट सुब्बाले निर्देशन गरेका हुन्। पटकथा पनि उनकै हो।
फिल्ममा पूर्वी नेपाल तथा दार्जिलिङका स्थानिय कलाकारको अभिनय रहेको छ। फिल्ममा श्रद्धा शर्मा, प्रनिशा गहतराज, अलमिस्ट सुब्बा, बिरबल सुब्बा, अन्ना डन्नेबर्गा, एभलीन स्टिम्पफिग, पुजन घिसिङ, बुद्धिमान राई, प्रशान्त बराईली, निखिल गुरुङ, अशोक तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
‘यो विशुद्ध तीनजना पात्रको प्रेम, मित्रता र त्यागको कथा हो,’ फिल्मबारे निर्देशक सुब्बाले भनेका छन्, ‘तीनैजना पात्रमा बाल्यकालदेखि नै जीवनमा केही गर्ने हुटहुटी र आकांक्षा छ तर उनीहरु त्यसबाट बञ्चित छन्। चौथो पात्रको प्रवेशसँगै फिल्मले गति लिन्छ।’
हेर्नुस् ट्रेलर :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।