काठमाडौं- अक्षय कुमार र आमिर खान बलिउडका चर्चित अभिनेता हुन्।
दुवैको काम गर्ने तरिका एक अर्काभन्दा फरक छ। अक्षय वर्षमा ४/५ वटा फिल्ममा अभिनय गर्छन् भने आमिरचाहिँ वर्षमा बल्ल एउटा मात्र फिल्ममा काम गर्छन्।
२१ डिसेम्बर अक्षय र आमिरको प्रशंसकको लागि विशेष दिन थियो। १२ वर्षअघि २१ डिसेम्बरमै आमिर र अक्षयको फिल्म बक्स अफिसमा आमने सामने भएको थियो।
अक्षयको मल्टिस्टारर कमेडी फिल्म 'वेलकम' र आमिरको बालबालिकासँग सम्बन्धित फिल्म 'तारे जमिन पर' रिलिज भएका थिए। अक्षयको फिल्म वेलकमले रिलिजको पहिलो दिन ३.३२ करोडको व्यापार गरेको थियो भने आमिरको फिल्मले २.६२ करोडको व्यापार गरेको थियो।
पहिलो हप्तामा अक्षयको फिल्मले १६.५२ करोड रुपैयाँ कमाएको थियो भने आमिरको फिल्मले ९.६५ करोडको व्यापार गरेको थियो। सुरुवातमा व्यापार कम भए पनि आमिरको फिल्मले पछि रफ्तार बढाएको थियो। यस फिल्मलाई क्रिटिक्स र दर्शकको तारिफ धेरै मिलेको थियो।
यही कारण फिल्मको व्यापारमा निकै सुधार भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।