बर्दिबास- महोत्तरीका १५ स्थानीय तहमध्ये अहिलेसम्म १२ स्थानको अन्तिम नतिजा सार्वजनिक हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) अग्रपंक्तिमा रहेको छ।
मत परिणाम अनुसार, राजपाले तीन नगरपालिकासहित पाँच वटा स्थानीय तह जितिसकेको छ भने मतगणना जारी रहेका दुई स्थानमा अग्रता लिइरहेको छ।
नेपाली कांग्रेस र माओवादी केन्द्र अहिलेसम्म तीन/तीन तह जित्दै बराबरीमा छन् । माओवादी केन्द्रले मतगणना जारी रहेको बर्दिबास नगरपालिकामा अग्रता लिइरहेको छ।
महोत्तरीमा बर्दिबाससहित तीन स्थानीय तहको मात्र परिणाम आउन बाँकी छ।
१२ स्थानको घोषित नतिजामा प्रमुख पदमा को कहाँ विजयी?
राजपा
जलेश्वर नगरपालिका
मटिहानी नगरपालिका
भंगाहा नगरपालिका
महोत्तरी गाउँपालिका
एकडारा गाउँपालिका
कांग्रेस
बलवा नगरपालिका
लोहारपट्टी नगरपालिका
औरही नगरपालिका
माओवादी केन्द्र
गौशाला नगरपालिका
रामगोपालपुर नगरपालिका
सम्सी गाउँपालिका
संघीय समाजवादी फोरम
सोनमा नगरपालिका
घोषणा हुन बाँकी ३ स्थानीय तहमा अग्रताको अवस्था:
माओवादी केन्द्र
बर्दिबास नगरपालिका
राजपा
मण्डासिसवा कटैवा नगरपालिका
पिपरा गाउँपालिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।