काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपा स्थायी कमिटीको शनिबारको बैठकमा पनि एमसीसी विवाद कायमै, केही प्रावधान अस्पष्ट र नेपालको संविधानसँग बाझिने नेता रावलको टिप्पणी।
२) कर्णाली प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको मुख्यमन्त्री शाहीद्वारा स्वीकार, कर्णालीको विकास सोचे जस्तो नरहेको भनाइ।
३) बंंगलादेश सरकारद्वारा माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित पाँच सय मेगावाट बिजुली खरीद गर्ने निर्णय, नेपालमा उत्पादित विद्युत बंगलादेश लैजाने मार्ग प्रशस्त ।
४) १३औं काठमाडौ म्याराथनको पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुलाई, विजेताले पाए जनही ५० हजार नगद पुरस्कार।
५) र, बेलायती संसदमा ब्रेक्जिटसम्बन्धी विधेयकको पक्षमा मतदान सम्पन्न, पक्षमा ३ सय ५८ र विपक्षमा २ सय ३४ मत, विधेयकमाथि संसदले थप तीन दिनसम्म छलफल गर्ने निर्णय।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।