• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

हिरा आकाशको त्यो चिठ्ठी...

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०७६  १०:१०
1140x725

‘तपाईं अहिले कहाँ हुनुहुन्छ?’
‘घरमै छु!’
‘बस्दै गर्नुस् है!’
– – – 
'तपाईंले लेख्ने गरेको डायरी निकाल्नुस् त!'
'अहिले म डायरीमा लेख्तिनँ त! जमाना ल्यापटपमा पुगिसक्यो, तपाईं डायरी खोज्नुहुन्छ,' मैले भनेँ।
'पुरानो भए पनि हुन्छ।'

मैले कलम र डायरी निकालें।

'ल, लेख्नुस् त!'
 – – –
२०७१ साल कार्तिक १ गतेदेखि निबन्ध लेख्न सुरु गर्नेछु।

२०७१ साल कात्तिक महिनाभित्र कवि हिरा आकाश सम्बन्धी संस्मरण लेख्नेछु।
. . . 
'अब ?'
'पुछारमा तपाई सही गर्नुस्!'
'किन नि?'
'सही गर्नुस् न!'
 . . . 
यसरी ठट्यौले अनिल पौडेलले हिरा आकाशबारे लेख्न बाध्य पारे।

एक पटक त मभित्रको दमित उग्र मनलाई सतहमा ल्याएँ, आदेश र आवेशमा किन लेख्ने? तर ,आदेश थिएन यो मेरा लागि। मेरो प्रिय मित्र हिरा आकाशका बारे लेख्नु मेरा निम्ति एउटा अवसर थियो।
उनका बारे केही लेख्न नपाएकोमा खिन्न मन यतिबेला निकै जाँगरिलो भएको छ तर म भने नजानिँदो गरी दु:खी भएको छु।

+  +  +

हिरा आकाशको नागरिकताको नामसँग म परिचित रहिनँ तर कविसँग मेरो सम्बन्ध २०४२ सालदेखि सुरु भएको हो।

मलाई हिजो आज पनि एउटै कुराले पिरोलिरहन्छ- दर्जनभन्दा बढी, मेरा घनिष्ट मित्र कोही भएनन्, किन?

Ncell 2
Ncell 2
nimb
nimb

दुखद् तर इमान्दार भएर भन्नुपर्छ दश जना मेरा अन्तरंग मित्रहरूभित्र, र पनि कवि हिरा आकाश पर्न सकेनन्।

कहिलेकाहीँ नछोएरै पनि जून कम्ति प्रिय लाग्दैन, नदेखेरै पनि हावा कम्ति शीतल लाग्दैन। तैपनि, हिरा आकाश मेरो जून थियो, हावा थियो– जसले मलाई ऊर्जा दिइरह्यो आजसम्म।

हिरा , प्रगतिशील धारको कवि जो कहिल्यै सत्ताको पछि लागेनन्। राजनीतिका पछि कवितालाई कुदाएनन् । बरु,राजनीति भन्दा अघि–अघि हिँडे। प्रगतिशीलतालाई कलाले छोपे, सिँगारे। कला कलाको लागि हो भन्नेहरूलाई अनि भाषण वा नारा मात्र साहित्य हो भन्नेहरूलाई जवाफ दिए। हिराका कवितासँग नारा पर पर भाग्थे। कवितालाई उनले चाकडी र चाप्लुसीबाट टाढै राखे। सत्ताको ताबेदारी जो भनिन्छ- बाट उनी टाढै रहे। मादकपनकै कारण उनको मुख बांगिदा पनि कसैका सामु उनको स्वाभिमान बांगिएको मैले थाहा पाइँन।

जीवन जिउन सिकाउने केही गुरु मध्ये हिरा आकाश पनि एउटा गुरु हुन्- मेरा। थाहा छैन म चेलो बनेको उनले पत्तो पाए पाएनन्?

Xtrem

Xtrem

झापामा हिरासँगै देखा परेका कविहरूमा प्रकाश बुढाथोकी, दुर्गा दाहाल, कृष्ण धराबासी र अमृतलाल श्रेष्ठ लगायत थिए। प्रकाश लगायतका कविहरू क्विता–कर्ममैं रहे पनि धराबासी सायद कवितासँग सँगै हिँड्न नसकेर होला आख्यानको पहाड चढे। तर हिराले गम्भीर विषयमाथि सरल भन्दा सरल शब्द–शैलीले कविता बुन्न छाडेनन्। उनका नेलसन मण्डेला र आगो जस्ता कविताले राम्रै चर्चा बटुले। कविता लेख्नेहरूको मनभित्र उज्यालो  हुनुपर्छ, कविको छाती फराकिलो हुनुपर्छ भन्ने उदाहरण पनि मेरानिम्ति हिरा आकाश नै हुन्। जसले बाहिर मीठो बोल्ने अनि भित्र–भित्रै कैंची चलाउने काम गरेको कमसेकम मलाई थाहा छैन। सँगै हिड्नेहरुलाई हिड्न हौस्याइरहे। हिँड्न नमान्नेहरूलाई घच्घच्याइरहे। हिँड्न नसक्नेहरूलाई डोर्याइरहे। चौतारीमा सँगै बस्न प्रेरित गरिरहे। तर खुट्ठा तान्ने काम गरेनन्। त्यसो त झापाली साहित्यकार हुनुको परिचय जो उनले जीवनभरि दिइरहे।

चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर। धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे। कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो।

म सम्झन्छु उनका कविताको क्रेज जस्ले गोष्ठीलाई गम्भीर र उद्धेलित बनाउँथे।

हिराले आफूलाई वेइमानी गरेको धेरै पटक मलाई थाहा छ तर जसो तसो मञ्चमा पुगेपछि उनले कवितालाई अन्याय गरेनन्। त्यही भएर कविता वाचन गरेपछि उनका फ्यान ह्वात्तै बढथे। उनी जति प्रिय थिए नेपालमा त्यो भन्दा बढी भारतीय नेपाली भाषीहरूमाझ झन् लोकप्रिय थिए।
मैले उनका बारेमा जानेको र बुझेको सत्य यही हो- हिराले कवितालाई एउटा उचाई दिए यद्यपि कविताले हिरा आकाशलाई दिनुपर्ने उचाइ नदिएकै हो।

कहिलेकाँही उनलाई सोध्थें- मित्र, जीवन के हो?
संघर्ष- सजिलै उत्तर दिन्थे।
मलाई संघर्ष भन्ने बित्तिकै १०४ डिग्री ज्वरो चढ्थ्यो मनमा।

दुर्भाग्य नै भन्नुपर्छ त्यो समय मसँग संघर्ष भन्दा बढी समर्पणले हिमचिम बढायो। तर हिरा सधैं उन्नत र असल जीवन जिउन ढाडस दिन्थे। अधिकारको निम्ति संघर्ष गर्न सान लगाइरहन्थे– मेरो निराश मनःस्थितिलाई।
मेरा अन्य मित्रहरूले थाहा पाए पाएनन् कुन्नि, उनी नजिक नबसेर पनि मेरो निराश जिन्दगीको वह पोख्ने एउटा गन्तब्य थिए। मेरो उदासिनतालाई सिर्जनामा रमाउन हौसला दिने इमान्दार मित्र थिए।

यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ। बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ? 
तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन।

म हराउँदा उनी खोज्थे मलाई, म जब देखा पर्थें अखबारमा, त्यसपछि उनी मलाई कि त फोन गर्थे, कि त हुलाकमा खसाल्थे बैरङ चिट्ठी। म जो थिएँ त्यसबेला एउटा हुलाकी। 

एक पटक मैले उनलाई एउटा चिट्ठी पठाएँ उनी काम गर्ने साना किसान विकास आयोजना कार्यालय मधुमल्ला मोरङमा। चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर। धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे। कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो।

कवितासँगै त्यो चिट्ठी जसै मेरो हातमा आएपछि लहडमैं लेखेँ यी पंक्तिहरु प्रियसीको सम्झनामाझैं । अनि पठाएँ साथीको ठेगानामा र राखें डायरीका पन्नामा यसरी–

लामो प्रतिक्षापछि तिम्रो चिट्ठी पाएँ
हर्षले गद्‌गद‌्‌ भो,मन जसै थुम्थुमाएँ
बेचैनी ,छटपटी र खटपटी बढिरहेथ्यो
औषधि– त्यही चिट्ठीलाई बूटी बनाएँ र लाएँ।

अहिले हेर्दैछु –हिरा आकाशको हस्तलिपी चिठ्ठी- 

मधुमल्ला
२३चैत्र २०४४
बद्रीजी! अभिवादन!
हिजो साँझ तपाईंको उदास पत्र आइपुग्यो सम्झनाका चिलाउने बोकेर। अहिले त्यही  चिलाई मार्दैछु। सञ्चो भएको अनुभव गर्दैछु।

भिखारी जी!
पत्रमा तपाईं साह्रै उदास देखिनुहुन्थ्यो। उदास मात्र होइन निराश पनि। मित्र, एउटा कुरा भनु,यो संसारमा समयले जसलाई पनि (बिशेषतःतपाईं हामी जस्तालाई )नराम्रो सित थप्पड हानेको छ। सुमसुम्याइदे कसलाई भन्नु?
फेरि त्यसमाथि तपाईं एउटा कवि। कविले निराश हुनु हुदैन। मेरो विन्ती बद्रिलाई ,उसले नैराश्यताका कविता नलेखोस्।

कवितामा निराशता नपोखोस्।हामी त संघर्ष सँग जुद्धै जाने मान्छे, निश्चय पनि निराशतासँग पनि हाम्राो जम्काभेट हुन्छ तर निराशताको  हामी दास हुनुहुँदैन। के हामी दास हुन जन्मेका हौं  त? निश्चय पनि होइनौं होला। यसर्थ आफूलाई अलिक संयम बनाउनु होस्।

पत्रानुसार आजभोलि तपाईंको मनस्थिति अलि स्थिर नभए जस्तो बुझिन्छ। आफूलाई एकान्तमा राख्नु सट्टा व्यस्त रहने प्रयास गनु होस्। समय परिवर्तनशील छ, दिउँसो घाम जतिसुकै चर्के पनि साँझपख त्यसले सेलाउनै पर्छ। हामी यसैमा आश्वस्त होऊँ।
कुशल छु, कुलताको कामना गर्छु। उपेन्द्र दाइ ,निवासजीलाई मेरो अभिवादन पुर्‍याइदिनु होला। बैसाखको दोश्रो हप्तातिर 'मंथन'ले भानुको रजत जयन्ती मनाउँदैछ ,निम्तो आउने छ, आउनु होला।
–बैसाख ३०/३१ गते धुलाबारीमा महानन्द पुरष्कार समारोह छ,त्यसमा पनि आउनुहोला। अरु त यो मधुमल्ला यस्तै छ –
दुई दिनसम्म मस्त मातेर मधुमल्ला
पाँच दिनसम्म लम्पसार पर्छ
फेरि एकैचोटी आइतबार बौरिन्छ
र बाटोभरि ढाकर फिंजाएर
रातभरि धाननाँच नाँच्दछ
औ बिहान सखारै उठेर
नूनसँग घ्यू साट्दछ
कठै यो मोरङको पुरानो बजार
अरुलाई प्रमोशन गरेर
आफूभने डिमोशन भैरहेछ ।

नयाँ वर्ष २०४५ को शुभकामनासहित
तपाईंको मित्र
हिरा आकाश

हिरा आकाश, जसले कवितालाई आफ्नै गोरेटोमा हिँडाए, तर हिरा पराजुलीलाई भने कुन्नि किन हो, हरिभक्त कटुवालको पथमा धकेले। किन धकेले अब,यो प्रश्नको जवाफ उनले कहिल्यै दिने छैनन् ।

+  +  +

२०५६ सालपछिका करिब १२ वर्षसम्म साहित्यसँगको मेरो सम्बन्ध बिच्छेद भएको थियो। त्यो बीचमा कवितालाई प्रेम गर्ने उनी र मबीच भेट भएन। अहिले कवितासँग चिसिएको सम्बन्ध प्रेमालापको चरणमा पुगिसकेको छ मेरो। विडम्बना नै भनौं चाहेर पनि तर, हिरासँग कहिल्यै भेट हुने छैन।

हिरा आकाश सामान्य बिरामी भएको थाहा पाएको थिएँ। तथापि गम्भीर बिरामी भएको थाहा थिएन मलाई। एकैचोटी टेलिभिजनका पर्दामा मुख्य समाचारभित्र उनको मृत्युको खबर समुद्रका लहरझैं बग्न थालेपछि पो पश्चातापको भुँवरीले छोप्यो मलाई।

हो, बिरामी हुँदा भेट्न नपाएपछि मृत्युमा मलामी जान मन लागेन र गइँन। किनभने जिउँदो हिरा आकाश त्यहाँ हुदैनथ्यो। फगत् हिरा आकाश नामको लाश हुन्थ्यो जोसँग मेरो संवाद नै हुँदैनथ्यो। संवादबिहीन हुन त्यसैले, त्यहाँ गइनँ। 

थाहा नपाउन्जेलसम्म त ठीकै हो। थाहा पाएर पनि तर बाँचुञ्जेल, अझ बिरामी हुँदा भेट्न नजाने, कुनै खोजखबर नगर्ने अनि मरेपछि फलफूलका झोला र सजाइएका समवेदनाका पत्र बोकेर जाने संस्कार अहिले हामी अनुसरण गरिरहेछौं। जानेर होस् वा नजानेर त्यो अनुसरण कमसेकम हिरा आकाशको सवालमा मैले गरिनँ गर्न चाहिँन।

यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ। बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ? 
तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन।

पछि, जीवनको उत्तरार्द्धमा उनको बेपरवाह जिन्दगीको खबर हावाले बेला–बेला मतिर हुत्याउँदा लाग्थ्यो– हिरा, दिन मात्र जान्दारहेछन्, लिन जान्दा रहेनछन्। सम्भवतः उनले मलाई आफ्नो सन्दुक रित्याएर जीवन जिउने बूटी दिइ पठाएछन् क्यारे! जो म अहिले पनि धारण गरिरहेको छु।

यो बेला अब,खै के भनूँ?
बस् भावनाको दहमा डुबुल्की मारेर लेख्तैछु-
प्रिय मित्र ,
तिमीले पत्याएको तर तिमीलाई माया मारेर बसेको म, आज पश्चातापको भुँवरीबाट चिट्ठीमा तिम्रा हस्तलिपी उतारेर’ नेल्शन मण्डेला’लाई साक्षी राख्तै  'आगोका फूलहरु' तापिरहेछु।

सम्झ- यो पनि एउटा कृतघ्न मित्रका तर्फबाट ढिलै भएपनि तिमीले पाएको सम्झौटो हुनेछ।
000

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्