• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १८, २०८२ Thu, Dec 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

हिरा आकाशको त्यो चिठ्ठी...

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०७६  १०:१०
1140x725

‘तपाईं अहिले कहाँ हुनुहुन्छ?’
‘घरमै छु!’
‘बस्दै गर्नुस् है!’
– – – 
'तपाईंले लेख्ने गरेको डायरी निकाल्नुस् त!'
'अहिले म डायरीमा लेख्तिनँ त! जमाना ल्यापटपमा पुगिसक्यो, तपाईं डायरी खोज्नुहुन्छ,' मैले भनेँ।
'पुरानो भए पनि हुन्छ।'

मैले कलम र डायरी निकालें।

'ल, लेख्नुस् त!'
 – – –
२०७१ साल कार्तिक १ गतेदेखि निबन्ध लेख्न सुरु गर्नेछु।

२०७१ साल कात्तिक महिनाभित्र कवि हिरा आकाश सम्बन्धी संस्मरण लेख्नेछु।
. . . 
'अब ?'
'पुछारमा तपाई सही गर्नुस्!'
'किन नि?'
'सही गर्नुस् न!'
 . . . 
यसरी ठट्यौले अनिल पौडेलले हिरा आकाशबारे लेख्न बाध्य पारे।

एक पटक त मभित्रको दमित उग्र मनलाई सतहमा ल्याएँ, आदेश र आवेशमा किन लेख्ने? तर ,आदेश थिएन यो मेरा लागि। मेरो प्रिय मित्र हिरा आकाशका बारे लेख्नु मेरा निम्ति एउटा अवसर थियो।
उनका बारे केही लेख्न नपाएकोमा खिन्न मन यतिबेला निकै जाँगरिलो भएको छ तर म भने नजानिँदो गरी दु:खी भएको छु।

+  +  +

हिरा आकाशको नागरिकताको नामसँग म परिचित रहिनँ तर कविसँग मेरो सम्बन्ध २०४२ सालदेखि सुरु भएको हो।

मलाई हिजो आज पनि एउटै कुराले पिरोलिरहन्छ- दर्जनभन्दा बढी, मेरा घनिष्ट मित्र कोही भएनन्, किन?

Ncell 2
Ncell 2

दुखद् तर इमान्दार भएर भन्नुपर्छ दश जना मेरा अन्तरंग मित्रहरूभित्र, र पनि कवि हिरा आकाश पर्न सकेनन्।

कहिलेकाहीँ नछोएरै पनि जून कम्ति प्रिय लाग्दैन, नदेखेरै पनि हावा कम्ति शीतल लाग्दैन। तैपनि, हिरा आकाश मेरो जून थियो, हावा थियो– जसले मलाई ऊर्जा दिइरह्यो आजसम्म।

हिरा , प्रगतिशील धारको कवि जो कहिल्यै सत्ताको पछि लागेनन्। राजनीतिका पछि कवितालाई कुदाएनन् । बरु,राजनीति भन्दा अघि–अघि हिँडे। प्रगतिशीलतालाई कलाले छोपे, सिँगारे। कला कलाको लागि हो भन्नेहरूलाई अनि भाषण वा नारा मात्र साहित्य हो भन्नेहरूलाई जवाफ दिए। हिराका कवितासँग नारा पर पर भाग्थे। कवितालाई उनले चाकडी र चाप्लुसीबाट टाढै राखे। सत्ताको ताबेदारी जो भनिन्छ- बाट उनी टाढै रहे। मादकपनकै कारण उनको मुख बांगिदा पनि कसैका सामु उनको स्वाभिमान बांगिएको मैले थाहा पाइँन।

जीवन जिउन सिकाउने केही गुरु मध्ये हिरा आकाश पनि एउटा गुरु हुन्- मेरा। थाहा छैन म चेलो बनेको उनले पत्तो पाए पाएनन्?

झापामा हिरासँगै देखा परेका कविहरूमा प्रकाश बुढाथोकी, दुर्गा दाहाल, कृष्ण धराबासी र अमृतलाल श्रेष्ठ लगायत थिए। प्रकाश लगायतका कविहरू क्विता–कर्ममैं रहे पनि धराबासी सायद कवितासँग सँगै हिँड्न नसकेर होला आख्यानको पहाड चढे। तर हिराले गम्भीर विषयमाथि सरल भन्दा सरल शब्द–शैलीले कविता बुन्न छाडेनन्। उनका नेलसन मण्डेला र आगो जस्ता कविताले राम्रै चर्चा बटुले। कविता लेख्नेहरूको मनभित्र उज्यालो  हुनुपर्छ, कविको छाती फराकिलो हुनुपर्छ भन्ने उदाहरण पनि मेरानिम्ति हिरा आकाश नै हुन्। जसले बाहिर मीठो बोल्ने अनि भित्र–भित्रै कैंची चलाउने काम गरेको कमसेकम मलाई थाहा छैन। सँगै हिड्नेहरुलाई हिड्न हौस्याइरहे। हिँड्न नमान्नेहरूलाई घच्घच्याइरहे। हिँड्न नसक्नेहरूलाई डोर्याइरहे। चौतारीमा सँगै बस्न प्रेरित गरिरहे। तर खुट्ठा तान्ने काम गरेनन्। त्यसो त झापाली साहित्यकार हुनुको परिचय जो उनले जीवनभरि दिइरहे।

चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर। धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे। कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो।

म सम्झन्छु उनका कविताको क्रेज जस्ले गोष्ठीलाई गम्भीर र उद्धेलित बनाउँथे।

हिराले आफूलाई वेइमानी गरेको धेरै पटक मलाई थाहा छ तर जसो तसो मञ्चमा पुगेपछि उनले कवितालाई अन्याय गरेनन्। त्यही भएर कविता वाचन गरेपछि उनका फ्यान ह्वात्तै बढथे। उनी जति प्रिय थिए नेपालमा त्यो भन्दा बढी भारतीय नेपाली भाषीहरूमाझ झन् लोकप्रिय थिए।
मैले उनका बारेमा जानेको र बुझेको सत्य यही हो- हिराले कवितालाई एउटा उचाई दिए यद्यपि कविताले हिरा आकाशलाई दिनुपर्ने उचाइ नदिएकै हो।

कहिलेकाँही उनलाई सोध्थें- मित्र, जीवन के हो?
संघर्ष- सजिलै उत्तर दिन्थे।
मलाई संघर्ष भन्ने बित्तिकै १०४ डिग्री ज्वरो चढ्थ्यो मनमा।

दुर्भाग्य नै भन्नुपर्छ त्यो समय मसँग संघर्ष भन्दा बढी समर्पणले हिमचिम बढायो। तर हिरा सधैं उन्नत र असल जीवन जिउन ढाडस दिन्थे। अधिकारको निम्ति संघर्ष गर्न सान लगाइरहन्थे– मेरो निराश मनःस्थितिलाई।
मेरा अन्य मित्रहरूले थाहा पाए पाएनन् कुन्नि, उनी नजिक नबसेर पनि मेरो निराश जिन्दगीको वह पोख्ने एउटा गन्तब्य थिए। मेरो उदासिनतालाई सिर्जनामा रमाउन हौसला दिने इमान्दार मित्र थिए।

यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ। बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ? 
तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन।

म हराउँदा उनी खोज्थे मलाई, म जब देखा पर्थें अखबारमा, त्यसपछि उनी मलाई कि त फोन गर्थे, कि त हुलाकमा खसाल्थे बैरङ चिट्ठी। म जो थिएँ त्यसबेला एउटा हुलाकी। 

एक पटक मैले उनलाई एउटा चिट्ठी पठाएँ उनी काम गर्ने साना किसान विकास आयोजना कार्यालय मधुमल्ला मोरङमा। चिट्ठीमा आशा थिएन निराशा थियो संघर्ष थिएन सम्झौता थियो र थियो जीवनलाई किनारामा हुत्याएर जबरजस्ती घिसार्दै ल्याएको मृत्यु– चिन्तन । त्यो चिट्ठीको जवाफ मेरो नाममा रु. पचास पैसाको हवाइपत्रमा मेरो मित्रको चिट्ठी ऊर्जावान मृत्युञ्जय भएर फर्कियो लगत्तै ,एउटा सामान्य लाग्ने कविता लिएर। धेरै चिट्ठी असावधानीबस मबाट हराए, बसाइँ सरे। कस्तो संयोग तर यही एउटा चिट्ठी मेरो साथमा घर गरेर बसिरह्यो– बसिरह्यो।

कवितासँगै त्यो चिट्ठी जसै मेरो हातमा आएपछि लहडमैं लेखेँ यी पंक्तिहरु प्रियसीको सम्झनामाझैं । अनि पठाएँ साथीको ठेगानामा र राखें डायरीका पन्नामा यसरी–

लामो प्रतिक्षापछि तिम्रो चिट्ठी पाएँ
हर्षले गद्‌गद‌्‌ भो,मन जसै थुम्थुमाएँ
बेचैनी ,छटपटी र खटपटी बढिरहेथ्यो
औषधि– त्यही चिट्ठीलाई बूटी बनाएँ र लाएँ।

अहिले हेर्दैछु –हिरा आकाशको हस्तलिपी चिठ्ठी- 

मधुमल्ला
२३चैत्र २०४४
बद्रीजी! अभिवादन!
हिजो साँझ तपाईंको उदास पत्र आइपुग्यो सम्झनाका चिलाउने बोकेर। अहिले त्यही  चिलाई मार्दैछु। सञ्चो भएको अनुभव गर्दैछु।

भिखारी जी!
पत्रमा तपाईं साह्रै उदास देखिनुहुन्थ्यो। उदास मात्र होइन निराश पनि। मित्र, एउटा कुरा भनु,यो संसारमा समयले जसलाई पनि (बिशेषतःतपाईं हामी जस्तालाई )नराम्रो सित थप्पड हानेको छ। सुमसुम्याइदे कसलाई भन्नु?
फेरि त्यसमाथि तपाईं एउटा कवि। कविले निराश हुनु हुदैन। मेरो विन्ती बद्रिलाई ,उसले नैराश्यताका कविता नलेखोस्।

कवितामा निराशता नपोखोस्।हामी त संघर्ष सँग जुद्धै जाने मान्छे, निश्चय पनि निराशतासँग पनि हाम्राो जम्काभेट हुन्छ तर निराशताको  हामी दास हुनुहुँदैन। के हामी दास हुन जन्मेका हौं  त? निश्चय पनि होइनौं होला। यसर्थ आफूलाई अलिक संयम बनाउनु होस्।

पत्रानुसार आजभोलि तपाईंको मनस्थिति अलि स्थिर नभए जस्तो बुझिन्छ। आफूलाई एकान्तमा राख्नु सट्टा व्यस्त रहने प्रयास गनु होस्। समय परिवर्तनशील छ, दिउँसो घाम जतिसुकै चर्के पनि साँझपख त्यसले सेलाउनै पर्छ। हामी यसैमा आश्वस्त होऊँ।
कुशल छु, कुलताको कामना गर्छु। उपेन्द्र दाइ ,निवासजीलाई मेरो अभिवादन पुर्‍याइदिनु होला। बैसाखको दोश्रो हप्तातिर 'मंथन'ले भानुको रजत जयन्ती मनाउँदैछ ,निम्तो आउने छ, आउनु होला।
–बैसाख ३०/३१ गते धुलाबारीमा महानन्द पुरष्कार समारोह छ,त्यसमा पनि आउनुहोला। अरु त यो मधुमल्ला यस्तै छ –
दुई दिनसम्म मस्त मातेर मधुमल्ला
पाँच दिनसम्म लम्पसार पर्छ
फेरि एकैचोटी आइतबार बौरिन्छ
र बाटोभरि ढाकर फिंजाएर
रातभरि धाननाँच नाँच्दछ
औ बिहान सखारै उठेर
नूनसँग घ्यू साट्दछ
कठै यो मोरङको पुरानो बजार
अरुलाई प्रमोशन गरेर
आफूभने डिमोशन भैरहेछ ।

नयाँ वर्ष २०४५ को शुभकामनासहित
तपाईंको मित्र
हिरा आकाश

हिरा आकाश, जसले कवितालाई आफ्नै गोरेटोमा हिँडाए, तर हिरा पराजुलीलाई भने कुन्नि किन हो, हरिभक्त कटुवालको पथमा धकेले। किन धकेले अब,यो प्रश्नको जवाफ उनले कहिल्यै दिने छैनन् ।

+  +  +

२०५६ सालपछिका करिब १२ वर्षसम्म साहित्यसँगको मेरो सम्बन्ध बिच्छेद भएको थियो। त्यो बीचमा कवितालाई प्रेम गर्ने उनी र मबीच भेट भएन। अहिले कवितासँग चिसिएको सम्बन्ध प्रेमालापको चरणमा पुगिसकेको छ मेरो। विडम्बना नै भनौं चाहेर पनि तर, हिरासँग कहिल्यै भेट हुने छैन।

हिरा आकाश सामान्य बिरामी भएको थाहा पाएको थिएँ। तथापि गम्भीर बिरामी भएको थाहा थिएन मलाई। एकैचोटी टेलिभिजनका पर्दामा मुख्य समाचारभित्र उनको मृत्युको खबर समुद्रका लहरझैं बग्न थालेपछि पो पश्चातापको भुँवरीले छोप्यो मलाई।

हो, बिरामी हुँदा भेट्न नपाएपछि मृत्युमा मलामी जान मन लागेन र गइँन। किनभने जिउँदो हिरा आकाश त्यहाँ हुदैनथ्यो। फगत् हिरा आकाश नामको लाश हुन्थ्यो जोसँग मेरो संवाद नै हुँदैनथ्यो। संवादबिहीन हुन त्यसैले, त्यहाँ गइनँ। 

थाहा नपाउन्जेलसम्म त ठीकै हो। थाहा पाएर पनि तर बाँचुञ्जेल, अझ बिरामी हुँदा भेट्न नजाने, कुनै खोजखबर नगर्ने अनि मरेपछि फलफूलका झोला र सजाइएका समवेदनाका पत्र बोकेर जाने संस्कार अहिले हामी अनुसरण गरिरहेछौं। जानेर होस् वा नजानेर त्यो अनुसरण कमसेकम हिरा आकाशको सवालमा मैले गरिनँ गर्न चाहिँन।

यी पंक्ति लेख्न बस्दा पनि मभित्र कुरा खेलिरहन्छ। बिरामी हुनुभन्दा पहिल्यै उनले लेखेको चिट्ठी देखाउँदै उनलाई भेटेर यतिसम्म त सबाल गर्थेें होला म– साथी, यति लापरबाही पनि जिन्दगीलाई छोड्नुहुन्थ्यो र ? 
तर अब, असम्भव कुरा शब्दमा उतारेर सन्तोष लिनु शिवाय उपाय केही पनि रहेन।

पछि, जीवनको उत्तरार्द्धमा उनको बेपरवाह जिन्दगीको खबर हावाले बेला–बेला मतिर हुत्याउँदा लाग्थ्यो– हिरा, दिन मात्र जान्दारहेछन्, लिन जान्दा रहेनछन्। सम्भवतः उनले मलाई आफ्नो सन्दुक रित्याएर जीवन जिउने बूटी दिइ पठाएछन् क्यारे! जो म अहिले पनि धारण गरिरहेको छु।

यो बेला अब,खै के भनूँ?
बस् भावनाको दहमा डुबुल्की मारेर लेख्तैछु-
प्रिय मित्र ,
तिमीले पत्याएको तर तिमीलाई माया मारेर बसेको म, आज पश्चातापको भुँवरीबाट चिट्ठीमा तिम्रा हस्तलिपी उतारेर’ नेल्शन मण्डेला’लाई साक्षी राख्तै  'आगोका फूलहरु' तापिरहेछु।

सम्झ- यो पनि एउटा कृतघ्न मित्रका तर्फबाट ढिलै भएपनि तिमीले पाएको सम्झौटो हुनेछ।
000

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’
आज भारत आइपुग्दै पुटिन
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति
सम्बन्धित सामग्री
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
आज विभिन्न कार्यक्रमका साथ मोती जयन्ती मनाइँदै विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले... शनिबार, भदौ ७, २०८२
‘उरमाल’ले पायो मदन पुरस्कार, गिरीलाई जगदम्बाश्री मदन पुरस्कार गुठीले काबिमोको चिया टिप्ने मजदूरहरूको कथामाथि लेखिएको उपन्यास उरमाललाई २०८१ सालको मदन पुरस्कार दिने घोषणा गरेको हो। शुक्रबार, भदौ ६, २०८२
ताजा समाचारसबै
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आज भारत आइपुग्दै पुटिन बिहीबार, मंसिर १८, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति बिहीबार, मंसिर १८, २०८२
धोबीखोलामा युवकको शव फेला बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
धोबीखोलामा युवकको शव फेला बिहीबार, मंसिर १८, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्