काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु, सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट थालिने, अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुने संसद सचिवालयको भनाइ।
२) सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय एक्लैले नसक्ने यातायात मन्त्रालयको भनाइ, भन्छ– नियन्त्रण गर्ने काम सरकारको हो÷सबै तहका सरकारबीच समन्वय जरुरी छ।
३) कांग्रेस नेता कोइरालाद्वारा नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी विषयमा सरकारको आलोचना, निजी क्षेत्र पोस्ने गरी निर्णय गरेको भन्दै सरकारको बदमासीमा चुप बस्न नमिल्ने अभिव्यक्ति।
४) पोखरा प्रिमियर लिगमा चितवन राइनोजको लगातार तेस्रो जित, धनगढी ब्लुजलाई ५२ रनले हराउँदै पुरा ओभरमा १ सय ८१ रन बनाउन सफल।
५) र, रुसी राष्ट्रपति पुटिनको वार्षिक पत्रकार सम्मेलन सकिएलगत्तै संघीय सुरक्षा सेवाको मुख्यालयमा गोली प्रहार, एक अधिकारीको मृत्यु, ४ जना सख्त घाइते।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।