• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कोरम नपुगेर १५ मिनेटमा ३ बैठक, मन्त्रीलाई दुर्घटना न्यूनीकरणभन्दा भेटघाट प्यारो

64x64
नेपाल लाइभ शुक्रबार, पुस ४, २०७६  १५:२०
1140x725

काठमाडौं-  सवारी दुर्घटनामा दिनहुँ मानिसले ज्यान गुमाइरहेका छन्। सवारी एकआपसमा ठोकिने र घाइते हुने कुरा त सबैका लागि सामान्यजस्तै भइसके। सरकारले दुर्घटना न्यूनीकरणका लागि ठूलै कदम चालेको दाबी गर्ने गर्छ। 

तर पछिल्ला दुई महिनामा देशका विभिन्न स्थानमा भएका ठूला दुर्घटनाले सरकारको दाबीलाई ‘फोस्रो’ साबित गरिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसै साता दुईवटा समिति बनाएको छ। एउटा सिन्धुपाल्चोक दुर्घटनाको छानबिन गर्न र अर्को दीर्घकालिन रुपमा दुर्घटना न्यूनीकरण गर्ने उपाय सुझाउन। पहिलो समितिलाई १ साताको र दोस्रो समितिलाई ३ महिनाको म्याद दिइएको छ। 

यस्तैमा शुक्रबार बिहान प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले बढ्दो सवारी दुर्घटना कम गर्ने विषयमा छलफल डाक्यो। छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सचिव देवेन्द्र कार्की, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, महानगरीय ट्राफिक प्रमुख भीमप्रसाद ढकाल, विज्ञको रुपमा आशीष गजुरेल, सहसचिव कुमारप्रसाद दाहालयगात समितिका सदस्य थिए। 

८.३० का लागि बैठक तय गरिएको थियो। मन्त्री वसन्तकुमार नेम्वाङ आएपछि ९.०५ मा बल्ल बैठक सुरु भयो। तर कोरम नपुगे निर्देशन दिन नमिल्ने भन्दै समिति सभापति कल्याणी खड्काले ५÷५ मिनेटको अन्तरमा दुई पटक बैंठक स्थगित गरेर तेस्रो बैठक सुचारु गरिन। 

सुरुमा विज्ञको कुरा सुनेर अन्यले धारण राख्ने र सदस्यहरुले प्रश्न गरेपछि समितिले निर्देशन दिने कुरा सभापति खड्काले सुनाइन्। तर मन्त्री नेम्वाङले आफू भेटघाटमा जान पर्ने भन्दै चाँडो निस्कने बताएपछि सचिव देवेन्द्र कार्कीलाई कुरा राख्न दिइयो। कार्कीले यो वर्षको मंसिरसम्मको दुर्घटना हेर्दा गत वर्षको भन्दा कम भएको भन्दै थपे, ‘यसो भन्दै गर्दा दुर्घटना हुनुपर्छ भन्ने खोजेको होइन। त्यसलाई न्यूनीकरण गर्ने तर्फ नै सरकारले काम अघि बढाएको छ।’ धेरैजसो सवारी यान्त्रिक कारणले भएको पाइएकाले त्यसतर्फ सबै प्रदेशमा सरकारले सवारी परीक्षण कार्यालय बनाउन लागेको कार्कीले जानकारी गराए। 

उनले आफ्नो कुरा राखेपछि ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले बोले र सभापति खड्काले मन्त्री नेम्वाङलाई समय दिइन्। 

मन्त्री नेम्वाङले दुर्घटनासम्बन्धी ठोस कुरा केही बताएनन्। समितिले मन्त्री भएकोमा दिएको बधाइप्रति धन्यवाद दिए। समितिमा छोटो धारणा राखेका मन्त्री नेम्वाङले पछिल्लो समय भएका सडक दुर्घटनाप्रति राष्ट्रपति संवेदनशील भएको र प्रधानमन्त्रीले निर्देशन दिएको बताए। ‘पछिल्लोपटक भएका सवारी दुर्घटनाबारे राष्ट्रपतिको समेत संवेदनशीलता व्यक्त भएको छ। प्रधानमन्त्रीबाट आवश्यक निर्देशन प्राप्त भएको छ’, मन्त्री नेम्वाङले भने, ‘गृहमन्त्रालय र हाम्रो मन्त्रालय मिलेर सडक दुर्घटना न्यूनीकरणबारे प्रतिवेदन तयार भएको छ। त्यसमा हिजोका दुर्घटनाका कारण र हालका कारणबारे लेखाजोखा गरिएको छ।’

मन्त्री नेम्वाङले थपे, ‘दुर्घटना न्यूनीकरण गर्न दर्जनौं योजना प्रतिवेदनमा छन्। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइएको छ।’ यति भनेपछि समितिले दिने निर्देशन मन्त्रालयमा पनि आउने भएकाले आफूले त्यतै अध्ययन गर्ने उल्लेख गरे। यति भनिसकेर बस्ने चाहना हुँदाहुँदै पनि महत्वपूर्ण भेटघाट भएकाले आफू निस्कनु गरेको भन्दै मन्त्री नेम्वाङ बाहिरिए। 

nimb
nimb
Ncell 2
Ncell 2

दुर्घटनाको भयावह अवस्थाको बीचमा संसदीय समितिमा छलफल गर्न पुगेका मन्त्री मेरो भेटघाट भन्दै हिँड्न लागेको देखेर सांसदहरु कानेखुसी गर्दै थिए, ‘यति धेरै मानिसहरुको ज्यान जानेगरि दुर्घटना भइरहेको छ। दुर्घटना दिनदिनै बढ्दो क्रममा छ। यसलाई घटाउनेमा मन्त्रीको चिन्ता छैन, महत्वपूर्ण भेटघाट भन्दै निस्कनु त गैरजिम्मेवारी हो।’ उनीहरुको चिन्ता थियो, ‘मन्त्रीलाई आम नागरिकको ज्यानभन्दा भेटघाट प्यारो भएपछि के गर्नु।’ 

छलफलमा विज्ञ तथा मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरुले सवारी दुर्घटनाको मुख्य कारण मानवीय भएको बताए। संसारभर भएका अध्ययनहरुले सवारी दुर्घटनाको पहिलो कारण मानवीय भएको उल्लेख गरेका छन्। यसको हिस्सा ७० प्रतिशतभन्दा धेरै छ। मानवीय कारणमा चालक, यात्रु तथा सडकमा हिँड्ने पैदल यात्रु हुन्। त्यस्तै दोस्रो कारण सवारीको यान्त्रिक गडबडी, तेस्रो कारण सडक र चौथो कारणमा मौसम हुने गरेको अध्ययनहरुले देखाएका छन्। 

नेपालमा यी कारणहरुमध्ये कुनै पनि सकारात्मक देखिँदैन। मानवीय कारणमा चालकको लापरबाही उस्तै छ, यात्रुहरुलाई सचेत गराउन सकिएको छैन भने यान्त्रिक जाँचपास हुने त धेरै परको रहेको यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक तथा सहसचिव कुमारप्रसाद दाहालले बताए। ‘सार्वजनिक यातायात क्षेत्रमा सरकारको उपस्थिति छैन। कानुन कार्यान्वयन ज्यादै फितलो छ,’ उनले भने, ‘यी सबै कुरा हेर्दा नेपालमा यातायात क्षेत्र सरकारले चलाएको छ कि व्यवसायीले चलाएका छन् छुट्याउनै सकिन्न।’ 

सवारी दुर्घटना न्यूनीकरण गर्न भएको कानुन कार्यान्वयन गर्ने, रिफ्रेस सेन्टर बनाउने, भिएफटिसी संचालन, कारखाना, तथा वर्कसपहरुको नियमन, ग्रामीण सडकको अनुगमनलगायतलाई प्रभावकारी बनाउनुपर्ने दाहालको भनाइ थियो। त्यस्तै विज्ञका रुपमा आफ्नो भनाइ राखेका आशीष गजुरेलले सडक सुरक्षा परिषद् बनाएर काम गर्ने हो भने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए। 

‘अहिले हाम्रो देशमा विभिन्न निकायको समन्वयमा काम गर्नु परेकाले त्यसको जिम्मेवारी कसैले नलिने अवस्था आएको छ,’ उनले भने, ‘संसारभर नै सडक सुरक्षा परिषद्ले सडक दुर्घटना न्यूनीकरणको काम गरिरहेकाले नेपालमा पनि त्यो अत्यावश्यक छ।’ सरकारले बनाउन लागेको सडक सुरक्षा ऐन समेत छिटो बनाउनु पर्नेमा सबैले जोड दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
बडीमालिका पूजा आजदेखि सुरु दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै मुख्य पूजाअघि नै पूजा शुरु गरिएको हो । सोमबार, भदौ १, २०८३
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा त्यस्तै, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उप... आइतबार, साउन ३१, २०८३
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्