राजविराज– बलात्कारकाे आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका १२ का वडाध्यक्ष लक्ष्मी साह धरौटीमा रिहा भएका छन्।
सप्तरी जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले बिहीबार साहसहित पक्राउ परेका तीनै जनालाई धरौटीमा रिहा गरेको हो। आफूमाथि बलात्कार प्रयास भएको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा वडाध्याक्ष साह, अनिल राय र मो. नसिमलाई मंसिर २२ गते प्रहरीले पक्राउ गरेको थियो। उनीहरु तीनै जना जनही १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्।
साह पक्राउ परेपछि उनको रिहाइको माग गर्दै शम्भुनाथ नगरपालिका र वडाको कामकाज अनिश्चित कालका लागि बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।