जनकपुर- उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेकी अंगरक्षक प्रहरी जवान रनिता केवटको पेस्तोल लिएर फरार भएका सिवेन्द्र यादव पक्राउ परेका छन्।
नवलपरासीको देउडा ६ निवासी यादव प्रहरी जवान केवटका प्रेमी हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादवलाई पेस्तोल र गोलीसहित जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरबाट बिहीबार पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यादव र प्रेमिका केवटसँग जनकपुरधाम उपमहानगरपालिका ४ मा बस्दै आएका थिए। केवटसँग विवाद भएपछि गोली लोडेड पेस्तोल लिएर यादव तीन दिनअगाडि फरार भएका थिए।
पेस्तोल लिएर भागेपछि प्रहरी जवान केवटलाई जिल्ला प्रहरी कार्यालय तानेर आवश्यक अनुसन्धान थालिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।