काठमाडौं- काठमाडौं मेडिकल कलेज, पि एन पन्त फाउन्डेसन र आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरही नैनिगौरी गाउँमा पुष ४ र ५ गते दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ।
काठमाडौं मेडिकल कलेजको मुख्य आयोजनामा हरेक वर्ष चलाइने यो क्याम्प प्रा डा चन्दा कार्कीको अगुवाइमा १२ जना विशेषज्ञ चिकित्सकहरुसहितको बीस जना चिकित्सक र नर्सको टोलि उक्त शिविरमा सहभागी हुँदैछन्।
सो शिविरमा निःशुल्क स्वास्थ्य परिक्षणबाहेक मुख र दाँतको परिक्षण, बिग्रेको दाँत निकाल्ने, आधारभुत रक्त परिक्षण, ECG गर्ने, र निःशुल्क औषधी वितरण गर्ने कार्यक्रम रहेको छ।
उक्त शिविरमा करीब ६ सय बिरामीले सेवा प्राप्त गर्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।