ट्र्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आन्दोलित विद्यार्थीहरुले गरेको बन्द अहिले खुलेको छ। बिहीबार बिहान पौने १० बजेतिर तुलसीपुर-५ गोदामघर नजिकै ट्र्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएपछि विद्यार्थीले बिहानैदेखि सडक अवरुद्ध गरेका थिए।
सडक अवरुद्ध हुँदा तुलसीपुरबाट छुट्ने तथा भित्रिने यातायातका साधनहरु चल्न सकेका थिएनन्।
रा १ त १४३५ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी तुलसीपुर-७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
साथै ट्र्याक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया मनिषा वली घाइते भएकी छन्। वलीको बायाँ हातमा चोट लागेको छ। प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।