काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) बलात्कार प्रयास गरेको आरोप लागेका पूर्वसभामुख महरालाई धरौटीमा छाड्न पाटन उच्च अदालतद्वारा अस्वीकार, बिहीबारको सुनुवाइमा जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय। (धरौटीमा छाड्न अस्वीकार)
२) नदिजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठूला परियोजना निर्माण सम्भव नहुने अर्थमन्त्री डाक्टर खतिवडाको भनाइ, ठूला पहाडहरु फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्नेमा जोड। (अर्थमन्त्रीको जोड)
३) बहिर्गमित जनमुक्ति सेनाको उचित व्यवस्थापनका लागि छुट्टै कानुन आवश्यक रहेको मानवअधिकार आयोगको भनाइ, कानुन निर्माण सहज रहेको भन्दै राजनीतिक दलको इच्छाशक्ति आवश्यक रहेको उल्लेख। (इच्छाशक्तिको आवश्यकता)
४) पोखरा प्रिमियर लिगमा चितवन राइनोजको लगातार दोस्रो जित, बुटवल ब्लास्टर्सलाई १ सय १९ रनले हराउँदै २० ओभरमा २ सय ३ रन बनाउन सफल। (लगातार दोस्रो जित)
५) र, अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित, पक्षमा २३० तथा विपक्षमा १९७ मत। (ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग)
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।