काठमाडौं- नेपाल प्रहरीले १ लाख ७ हजार ५ सय १० रुपैयाँ नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो।
पक्राउ परेकासँग प्रहरीले तास र नगद बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।