काठमाडौं- कलाकार मिथिला शर्मा र सुरक्षा पन्त अभिनित नयाँ चलचित्र 'आमा'को ट्रेलर बिहीबार सार्वजनिक भएको छ। करिब ३ मिनेट ४८ सेकेण्डको भिडियोमा प्रशस्त दृश्य अस्पताल परिसरका छन्।
फिल्ममा मृत्युसँग लडिरहेको एउटा बिरामी बाबु पात्र छ। उसको उपचारको लागि पैसाको आवश्यक छ। पैसा जुटाउन उसको परिवारले गरेको संघर्ष नै फिल्मको कथावस्तु रहेको ट्रेलरबाट बुझ्न सकिन्छ।
फिल्ममा अभिनेत्री सुरक्षा पन्तले किरियापुत्रीको भूमिका निभाउन कपाल खौरिएको दृश्य ट्रेलरमा देख्न सकिन्छ। अस्पताल जस्तो संवेदनशील ठाउँमा कर्मचारीहरूले गरेको लापरबाहीलाई फिल्ममार्फत् देखाउन खोजिएको छ।
फागुन ९ बाट प्रदर्शनमा आउने फिल्ममा मिथिला र सुरक्षासँगै स्वेच्छा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिषा निरौला, लक्ष्मी भुषाल, टीका पहारी लगायत अन्य कलाकारको अभिनय रहेको छ।
शर्मिला पाण्डेको लगानीमा बनेको फिल्मलाई दीपेन्द्र के खनालले लेखन तथा निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।