काठमाडौं- समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत काठमाडौं महानगरपालिकाले 'रात्रिकालीन सडकसेवा' कार्यक्रम सञ्चालन गरेको छ।
काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, मानव सेवा आश्रम, अन्य विभिन्न सामाजिक संघ-संस्था एवं स्थानीयहरुको सहभागितामा २०७६ मंसिर २९ गतेदेखि अभियान सञ्चालन गरिएको हो।

उक्त अभियानमा हालसम्म २१६ जना व्यक्तिलाई गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, कालीमाटी, कुलेश्चर, कलंकी, जनसेवा, स्वयम्भू, सिनामंगल, भत्केको पुल, कमलादी, सेतोपुल, बसपार्क लगायतका विभिन्न स्थानहरुबाट उद्धार गरिसकेको छ।
अभिभावकविहिन, बेसहारा, सडकमा आश्रित मानवमुक्त काठमाडौं महानगरपालिका घोषणा एवं निर्माण गर्न सो अभियान सञ्चालन गरिएको बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।