काठमाडौं- सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनको प्रभावकारी रुपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।
सवारी तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई बुधबार अधिवक्ताद्वय रीता कार्की र श्यामकुमार श्रेष्ठद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा सो माग गरिएको हो।
रिट निवेदनमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० वर्षे पुराना सवारीसाधन काठमाडौँ उपत्यकामा गुड्न नदिने गरी प्रकाशित गरेको सूचनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।