• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कर्जा लिएर व्यावसायिक बाख्रापालन, लोभलाग्दो आम्दानी

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  ०६:१५
1140x725

डडेल्धुरा- लाखौं युवा जनशक्ति खाडी मुलुकमा कडा परिश्रम गरिरहेको छ। आफनो स्वास्थ्यको समेत पर्वाह नगरि अधिंकाश नेपाली युवा शक्ति विदेशी भूमिमा पसिना बगाईरहेका छन्।

तर केही युवा भने स्वदेशमै व्यवसाय गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन्। जसको गतिलो उदाहरण बनेका छन् डडेल्धुराको अजयमेरु गाउँपालिका–३ मगराँउ गाउँका ३७ वर्षीय सुरेन्द्रबहादुर चन्द। उनले ६ वर्षदेखि सुरु गरेको बाख्रापालन अहिले व्यावसायिक रुपमा फर्म नै दार्ता गरेर आधुनिक खोरमा  व्यवस्थित रुपमा ५२ वटा बाख्रा पालेका छन्। 

उनले भने, ‘पहिले हामी भैंसी गोठसँगै थोरैमात्रै बाख्रापालन गथ्र्यौ, जसबाट घरमा चाहिने नुन–तेलमात्रै खर्च आउथ्यो, पछिल्लो ६ वर्षयता मैले आधुनिक खोर बनाएर ५२ वटा बाख्रा पालेको छु।’

उनका उत्पादन अधिकांश पहाडी जिल्लामा पुग्ने गरेको छ। बजारको पनि उनलाई कुनै चिन्ता छैन। घरमै व्यापारीहरु आएर खरिद गरी लैजाने गरेका छन्। 

शनिबारबाहेक उनको दैनिकी जंगलमा बाख्रा चराउने, ल्याउने खोरमा राख्ने गरेरै बित्छ। उनको मिलन पोल्ट्री तथा बाख्रापालन फर्म हेर्न आजभोलि छिमेकी जिल्ला बैतडी, बझाङ, दार्चुलालगायत स्थानबाट किसान आउने गरेका छन्। व्यावसायिक बाख्रापालनबाट उनले वार्षिक बैंक ब्याज तथा तीन छोराहरुको पढाइ खर्च र घरखर्च कटाएर दुई लाख आम्दानी गर्ने गरेका छन्।

 

चन्दले भने, ‘९ लाख बैकबाट कर्जा लिएको छु। ५ लाख गाउँको कर्जा गरी १४ लाख कर्जाको ब्याज, छोराहरुको पढाइ खर्च, घरखर्च सबै कटाएर वार्षिक २ लाख आम्दानी हुन्छ।’

Ncell 2
Ncell 2

उनको सानो खेत हरियो छ। त्यो  हरियाली भर्खर उम्रिदै गरेको नयाँ जातको घाँसको हो। बाख्रापालन गर्न गहुँ तथा मकैखेती हुने २८ रोपनी जमिनमा अहिले विभिन्न जातका घाँस लगाएका छन्। बाख्राहरुलाई चरन क्षेत्र पर्याप्त भए पनि भिटामिन भएको घाँस तथा बधुवा प्रणालीमा बाख्रापालन गर्न घासँखेतीको पनि सुरुवात गरेको उनको भनाइ छ। उनले भने, ‘मैले सुपरनेपियर जातको घाँस लगाएको ६ महिना जति भयो, बाख्रापालनका लागि घाँस खेती पनि आधुनीकरण गरेर, बँधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेती गरेको छु।’

पाँच सदस्य रहेको घरपरिवारले पनि उनको व्यवसायलाई सहयोग गर्दै आएको छ। विशेषगरी श्रीमान–श्रीमती मिलेर बाख्राको गोठलो जाने गरेका छन्। शनिबार भने छोराहरुको पालो आउछ। श्रीमती हेमा चन्दले भनिन्, ‘कहिले म कहिले श्रीमान, बाख्राको गोठालो जाने गरेका छौँ। समस्या त केही छैन। कर्जाले पिरोलेको छ। तर बाख्रा बिक्री हुने बेला पिरलो सकिन्छ।’ उनले यो व्यवसायलाई अझै ठूलो आकार दिन तथा मजबूत बनाउन सरकारी सहयोग आवश्यक रहेको बताइन्। 

बाख्रापालनकै लागि घरमा दाना बनाउन मिल, घाँस कटिङ गर्ने मेसिन, माउ बाख्रा, बोका, पाडापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ। 

बाख्रापालनका लागि उपयुक्त हावापानीका साथै चरिचरनका लागि पर्याप्त जंगल क्षेत्र भएकाले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। स्थानीय सरकार अजयमेरु गाउँपालिकाले पनि युवा कृषक चन्दलाई विभिन्न अनुदानका कार्यक्रममा समेटेको जनाएको छ। घाँसखेतीको  सिँचाई पोखरीका लागि १ लाख र ५० हजार र बाख्रा धुने पोखरी निमार्णका लागि अनुदान दिएको गाउँपालिका पशु सेवा शाखाले  जनाएको छ। तत्कालीन पशुसेवा कार्यालयले पनि उनलाई १ लाख अनुदान सहयोग गरेको भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ कार्यालय डडेल्धुरा, डोटीका प्रमुख खड्क शाहले बताएका छन्। 

उनले भने, ‘उनी राम्रो कृषक तथा मिहिनेती भएकाले उनलाई त्यो समयमा हामीले सहयोग गरेका छौं। अब पनि हामी उनलाई आवश्यक सहयोगका लागि तयार छौं।’ २०७० सालबाटै निर्माण गरेको खोर र बाख्राहरुको १० लाख बीमासमेत गरेका छन्। कृषक चन्दले भने, ‘सबैको बिमा छ, सबैको खर्च बाख्रापालनबाट धान्दै छु।’

केही वर्ष पहिले सम्म मासुका लागि खसी बोका आयात हुने डडेल्धुरावाट आजभोलि भने खसी बोका निर्यात हुने गरेको गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञको कार्यालय डडेल्धुरा, डोटीले जनाएको छ।  सम्बन्धित निकायले पनि युवा व्यवसायीलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउन यस क्षेत्रका कृषकहरुको माग छ। अनुदानका कार्यक्रममा कर्मचारीहरुले प्रतिशतका हिसाबले नगद माग गर्ने गरेको कृषकहरुको आरोप छ।  

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्