काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाल दूरसञ्चार प्राधिकरणद्वारा कर नतिरे पनि एनसेललाई फोरजीको फ्रिक्वेन्सी, बडाबडमा फ्रिक्वेन्सी हात पारे पनि लाभकर भुक्तानी नगरेसम्म उपयोग गर्न नपाउने प्राधिकरणको तर्क।
२) बलात्कारको गलत प्रतिवेदन दिने जनकपुर अस्पतालका दुई डाक्टर दोषी ठहर, विशेष अदालत काठमाडौंद्वारा जनही ६ महिना कैद र २५ हजार जरिवाना।
३) सरकारमाथि पुच्छरले कुकुर हल्लाइरहेको नेकपा नेता जनार्दन शर्माको टिप्पणी, पार्टी र सरकारमा गुट र स्वार्थ हाबी भएको तर्क, रणनीति र कार्यनीतिबीच तालमेल नभएको दाबी।
४) पोखरा प्रिमियर लिग क्रिकेटको पाँचौं खेलमा ज्ञानेन्द्रको शतकमा काठमाडौंको पहिलो जित, धनगढी ब्लुज १ सय ६ रनले पराजित, खेलमा धनगढीको पहिलो हार।
५) र, नागरिकता संशोधन कानुनमाथि रोक लगाउन भारतीय सर्वोच्च अदालतद्वारा अस्वीकार, केन्द्र सरकारलाई नोटिस जारी, अर्को सुनुवाइ २२ जनवरीका लागि तोकियो।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।