नुवाकोट- बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा थुनामा रहेका विदुर नगरपालिकाका ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजाय सुनाएको छ।
छ वर्षीय बालिकालाई २०७३ पुस २० गते सुनारले जबर्जस्ती करणी गरेको मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला गरिएको हो।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित सुनारलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिए। स्रेस्तेदार बञ्जाराका अनुसार जबर्जस्ती करणी कसुरमा १२ वर्ष र बालिका पनि भएकाले थप पाँच वर्षसहित १७ वर्ष कैद सजाय र पीडित बालिकालाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत गरिएको छ।
प्रहरीले आरोपितलाई २०७३ साल पुस २१ गते गिरफ्तार गरी जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। -रासस
–––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।