बैतडी- बैतडीमा जीप पल्टिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको धनगढी उप-महानगरपालिका-१ घर भई हाल पुचारैडीको हाट प्रहरी चौकीमा कार्यरत सुदिप श्रेष्ठ रहेका छन्।
बुधबार बिहान ढोल्यामोडबाट हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जीप सनगाउँमा पल्टिँदा श्रेष्ठले हाम फालेको र हाम फालेकै ठाउँमा जिप पल्टिएकाले श्रेष्ठ गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक जीप रोकेर पिसाब फेर्न गएकाबेला जीप १० मिटरसम्म आफैँ गुडर पल्टिँएको हो।
जीपमा १० जना यात्रुहरू सवार रहेपनि अरु यात्रुहरु भने सकुशल रहेका छन्। घटनापछि जीप चालक पूर्णान्द बडूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।