एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित रहेर निर्माण भएको फिल्म ‘छपाक’को पहिलो गीत सार्वजनिक भएको छ। ‘नोक–झोक’ बोलको गीतमा अभिनेत्री दीपिका पादुकोण र विक्रान्त मैसीको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ।
सिद्धार्थ महादेवनको स्वर रहेको गीतमा शंकर एहसानको संगीत र गुजारको शब्द छ। यो फिल्मको ट्रेलर रिलिज भइसकेको छ। ट्रेलर रिलिज कार्यक्रममा दीपिकाको अभिनय देखेपछि सहभागी सबै चकित भएका थिए। बलिउड मिडियाका अनुसार त्यतिबेला दीपिका भावुक भएर रोएकी थिइन्।
यो फिल्ममा एसिड आक्रमणबाट पिडित युवतीको भूमिका दीपिका पादुकोणले निर्वाह गरेकी छिन्। मेघना गुल्जारको निर्देशनमा बनेको यो फिल्ममा दीपिकाले मालतीको भूमिका निर्वाह गरेकी छिन्।
यो लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनमा आधारित सिनेमा हो। उनलाई सन् २००५ मा १५ वर्षको उमेरमा एक पुरुषले नयाँ दिल्लीमा आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए। फिल्मको ट्रेलर हेर्दा एसिड आक्रमणपछि ति युवतीले गरेको संघर्ष दीपिकाको पात्रमार्फत फिल्ममा देखाइँदैछ।
सो घटनापछि अहिले लक्ष्मी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन्। ‘छपाक’ जनवरी १० मा रिलिज हुने तयारीमा छ।
हेर्नुस् गीत:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।