काठमाडौं– लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले एक बोलिभियन महिलालाई तीन किलो लागु औषध कोकिनसहित पक्राउ गरेको छ।
मंगलबार बिहान ९ बजे फ्लाई दुबईको फ्लाईट नम्बर एफजेट ०५७१/इके२३५५ को उडानमार्फत काठमाडौं आएकी बोलिभियन महिला हेररा आर्टेज ओल्गालाई प्रहरीले पक्राउ गरेको हो।
राहदानी नम्बर सिइ २८०७२ भएकी ४१ वर्षीया ओल्गालाई त्रिभुवन विमानस्थल गौचरको आगमन कक्षको यात्रुहरु आउने स्थानमा फेला पारी निजको खानतलासी गर्दा तीन किलो कोकिन फेला परेको प्रहरीले जनाएको छ।
ज्याकेटभित्र प्लाष्टिकले बेरेर लुकाएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो।
कोकिनसहित पक्राउ परेकी उनलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।