• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'क्षमतावान थियो तर रक्सीले सिध्यायो’

'उसले आफूलाई कहिल्यै माया गरेन तर अरुलाई सधैँ गरिरह्यो'
64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  १३:१५
1140x725

गत शनिबार काठमाडौं डिल्लीबजारस्थित आफ्नै घरमा सुतिरहेका बेला कलाकार दीपक क्षेत्री परलोक भए। एक समय थियो जतिबेला दीपक नेपाली फिल्मका लोकप्रिय ‘भिलेन’ थिए। 

‘डाइलग डेलिभरी’ गर्ने उनको शैली र स्वरको धेरैले प्रशंसा गर्थे। तर, घाँटीमा क्यान्सर देखिएपछि उनले त्यही स्वर गुमाए।  उनले दर्जनौँ फिल्ममा अभिनय गरेका छन्। तीमध्ये केही हुन्, ‘मसान’, ‘जीवनदान’, ‘सिमाना’, ‘राज्जारानी’, ‘झोला’, ‘सेतो सुर्य’, ‘छ माया छपक्कै’।  

आज उनको निधन भएको ठ्याक्कै पाँच दिन पुग्यो। दीपकका पुराना र प्रिय साथी– कलाकार, निर्माता एवम् निर्देशक अशोक शर्माले नेपाललाइभकर्मी अनिल यादवसँग दीपकसँगका ती संघर्षका दिनहरु यसरी सम्झिए:


त्यस्तै २०४०/०४१ सालतिर हुनुपर्छ, फिल्म क्षेत्रमा प्रवेश गर्न म काठमाडौंमा संघर्ष गरिरहेको थिएँ। त्यहीक्रममा एकपटक भोटेबहालमा दीपकसँग मेरो भेट भएको थियो। 

त्यतिबेला ऊ पनि यहाँ कलाकारकै रुपमा संघर्ष गरिरहेको थियो। भेटघाटपछि हामी निकै नजिकियौँ। सँगै नाटक खेल्न थाल्यौँ। एकदमै मिल्ने साथी भयौं। करीब चार वर्ष हामी एउटै घरमा डेरा लिएर बस्यौं। संघर्षका बेला सुख दुःख सबै सँगै बाड्यौँ। 

उसको भ्वाइसको क्वालिटी एकदमै राम्रो थियो। ‘टल एन्ड ह्यान्डसम’ पनि थियो। अभिनय जीवन्त गर्थ्यो। कलाकारमा हुनुपर्ने गुण उसँग प्रशस्त थियो। 

हामी कलाकार बन्न रातदिन संघर्ष गर्थ्यौं। निर्देशककहाँ धाउने, फिल्ममा काम माग्ने काम हामी सँगै गर्थ्यौं। पछि म निर्देशक भएपछि त मेरा केही फिल्ममा उसले अभिनय पनि गर्‍यो। ‘निरमाया’ मलाई याद छ। मेरो यो फिल्ममा उसको मेजर रोल थियो।

त्यतिबेला दीपक भन्थ्यो, 'म बम्बईमा पाँच वर्ष संघर्ष गरेपछि नेपाल आएको हुँ।' बलिउडमा जति ट्राइ गरे पनि केही नलागेपछि हार खाएर ऊ नेपाल आइपुगेको अवस्था थियो। मसँग भेट हुँदा ऊ त्यस्तै २१–२२ वर्षको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

एकदमै मिजासिलो र मिलनसार स्वाभावको थियो। झगडा फिटिक्कै गर्दैनथ्यो। हामी जोक निकै गर्थ्यौं। खुब हाँस्थ्यौँ। हामीले नखाई-नखाई सुतेका धेरै रात छन्। 

मलाई अझै याद छ, प्रायः जसो नाटकमा काम गर्दा रात पर्थ्यो। त्यसपछि हामीलाई खाना खान कहाँ जाने भन्ने चिन्ता हुन्थ्यो। एउटा इन्द्र दाइको पसल थियो, जहाँ हामी ढोका ढक्ढक्याउथ्यौं, उहाँले खोल्दिनुहुन्थ्यो, अनि हामी खान्थ्यौँ। यस्ता धेरै मिठामिठा पल छन, जुन हामीले सँगै बाँच्यौं। 

दीपकको सबैभन्दा कमजोर पक्ष के थियो भने ऊ रक्सी धेरै पिउँथ्यो। हुन त म पनि त्यतिबेला पिउँथें। तर, यो चिजले अघि बढ्न दिँदैन भन्ने महसुस भएपछि मैले केही समयपछि छोडिहालेँ। तर, उसले छोड्न सकेन। म आज पनि भन्छु, उसको करिअर बिग्रनुमा रक्सीको ठूलो हात छ। 

मैले उसको रक्सीको लत छुटाउन अनेक प्रयत्न नगरेको होइन। दुई तीनपल्ट छोडेको पनि हो उसले। रक्सी छोड्नेबित्तिकै उसको शरीर तुरुन्तै रिकभर हुने खालको थियो। अनुहार उज्यालो भइहाल्थ्यो। तर जब सुटिङका क्रममा हामी छुट्टिन्थ्यौँ, त्यतिबेला फेरि उसले खान सुरु गरिहाल्थ्यो। 

जे होस्, मैले रक्सी छोडिसकेपछि उसले मेरो अनुरोधमा तीनचारपल्ट रक्सी छोडेकै थियो। तर मेरो अनुपस्थितीमा खाइहाल्थ्यो। 

रक्सी किन खान्थ्यो? किन छोडेन? त्यसको ठ्याक्कै जवाफ त मसँग पनि छैन। तर शायद 'फ्रस्ट्रेसन' पनि हो कि जस्तो लाग्छ। त्यतिबेला जति फिल्म खेले पनि पैसा खासै आउँथेन। जति पैसा आउँथ्यो, त्यसले केही गर्न पनि पुग्थेन।

मेरो आर्थिक स्थिति राम्रो भएपछि उसलाई केही समस्या पर्‍याे कि मकहाँ आइहाल्थ्यो। तर, संघर्षका बेला त मेरोभन्दा उसको स्थिति राम्रो थियो। अन्नपुर्ण होटलमा जागिर पनि गर्थ्यो। त्यहाँ उसले टेलिफोन अपरेटर हुँदै वेटरसम्मको काम गर्‍यो। त्यतिबेला मेरो जागिर थिएन। मलाई खर्च दिने काम पनि उसैले गर्थ्यो। 

फिल्ममा काम खोज्न जाँदा पनि उसले बरु चान्स पाउँथ्यो, मैले पाउँदिन थिएँ। ऊ त्यस्तो क्षमतावान र प्रतिभावान थियो कि जहाँ जसलाई भेट्न जाँदा पनि निर्देशकको पहिलो नजर उसमै पर्थ्यो।

धेरैपटक मैले उसलाई  सम्झाएँ, तर उसले आफ्नो जीवनलाई कहिल्यै पनि गम्भिरतापूर्वक लिएन। उसँगको मेरो अन्तिम भेट दुई महिनाअघि भएको थियो। अफिसमै आएको थियो। ‘अब म निको भएँ, फिल्म भए मेरो लागि पनि हेर है’ भन्थ्यो। त्योभन्दा अघि ऊ असाध्यै बिरामी भएका बेला म डेरामै गएको थिएँ। ‘अलिकति पैसा सहयोग गर है’ भनेको थियो। मैले गरेको पनि थिएँ। 

त्यसपछि फोनमा कहिलेकाँही कुरा हुन्थ्यो। ‘म आउँछु है तेरो’मा भन्थ्यो। फेरि आउनचाँही आउँदैनथ्यो। 

‘रातो टीका निधारमा’का बेला पनि ‘रोल छ भने भन है’ भनेको थियो तर उसलाई सुहाउने भूमिका थिएन। त्यसैले मैले त्यतिबेला उसलाई फिल्ममा राख्न सकिनँ।

तर, त्यतिबेला मलाई भेट्न आउँदा पनि ऊ पूर्णरुपमा ठिक भएको महसुस मलाई भएन। पुरै गलिसकेजस्तो लाग्थ्यो। गहिरिएर हेर्ने हो भने ‘छ माया छपक्कै’मा उसको त्यो अवस्था झल्किन्छ पनि। 

दुई महिनाअघिकै भेटमा मलाई मनमनै लागेको थियो, ‘अब यो धेरै बाँच्दैन होला।’उसलाई मैले गाली पनि गरेको थिएँ, ‘जति भने पनि तँ कहिल्यै सुध्रिनस् है।’ 

बिरामी हुँदा पनि उसले आफूलाई खासै केयर गरेजस्तो मलाईचाँहि लागेन। हुन त त्यसका पछि अन्य थुप्रै कारण थिए होलान्, जुन उसले मसँग पनि व्यक्त गरेन। 

संघर्षका बेला धेरै अभावै–अभावको जीवन हामीले सँगै बितायौँ। म त्यो अभावको जीवनबाट मुक्त भएर अगाडि बढ्न सकेँ, तर ऊ सधैँ पछि नै रह्यो। म आर्थिक रुपमा सबल हुँदा पनि उसले आफूलाई सुधार्न सकेन। 

मैले उसलाई सधैँ भन्थेँ, ‘जीवन भनेको अगाडि बढ्नलाई हो, अगाडि बढ्नुपर्छ।’ तर, जीवनलाई उसले कहिल्यै ‘सिरियस्ली’ लिएन। 

एकदमै ‘माइ डियर’ मान्छे थियो। रक्सी खाएर झ्याप हुँदा पनि ‘ओइ गीत गा’न’ भन्दा गाइदिन्थ्यो। स्वर पनि निकै राम्रो थियो। खाली नारायण गोपालको गीत गाउँथ्यो। कहिले गाउँथ्यो, ‘मलाई नसोध कहाँ दुख्छ घाउ...’ त कहिले गाउँथ्यो– ‘आज भोलि हरेक साँझ मातिन थालेछ...’

मलाई लाग्छ, उसले आफूलाई कहिल्यै माया गरेन तर सधैँ अरुलाई गरिरह्यो। आफैंले आफैंलाई बिझायो तर अरुलाई चिढ्याउने, बिझाउने काम कहिल्यै गरेन। 

आइ विल अल्वेज मिस हिम!

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै आइतबार, असार १४, २०८३
अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा आइतबार, असार १४, २०८३
पहिरोले मेची राजमार्गको राज दुवाली खण्ड अवरुद्ध आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु शनिबार, असार १३, २०८३
अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्