काठमाडौं– दुई दिनको अन्तरमा कलाकारद्धय दीपक क्षेत्री र केशव भट्टराईको निधनले शोकमा डुबिरहेको नेपाली फिल्मले क्षेत्रले मंगलबार राति फेरि अर्का कलाकार गुमाएको छ। दुइ वर्षदेखि प्यारालाइसिसिबाट पीडित वरिष्ठ हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको हो।
फिल्म ‘मनको बाँध’ बाट अभिनय यात्रा सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत दर्जनौं फिल्ममा काम गरेका छन्। उनको श्रीमतीसहित तीन छोरा छन्।
बुधबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टी गरिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।