काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को चुनावी जिल्ला सिरहामा माओवादी केन्द्र हाबी भएको छ । हालसम्म सार्वजनिक मतपरिणाम अनुसार माओवादी केन्द्रले १७ स्थानीय तहमध्ये ५ तहमा जित हासिल गरेको छ।
मतगणना बाँकी रहेका ६ स्थानीय तहमध्ये माओवादीले एक स्थान (गोलबजार नगरपालिका)मा अग्रता लिइरहेको छ।
एमाले ३ र कांग्रेस २ स्थानीय तहमा विजयी भएका छन् भने संघीय समाजवादी फोरम नेपालले एक स्थानीय तह जितेको छ । गत संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिरहाबाट उठेको थिए।
माओवादी केन्द्र विजयी भएका स्थानीय तह:
कर्जन्हा नगरपालिका (मेयर गंगा पासवान/उपमेर सानकुमारी श्रेष्ठ)
मिर्चैया नगरपालिका (मेयर श्रवण यादव/उपमेयर जीवसी देवी)
धनगढीमाई नगरपालिका (मेयर हरिनारायण चौधरी/उपमेयर फुलकुमारी श्रेष्ठ)
अर्नमा गाउँपालिका (अध्यक्ष ठक्कु महतो कोहरी/उपाध्यक्ष सिचापति मुखिया)
औरही गाउँपालिका (अध्यक्ष सिद्धार्थ यादव/ उपाध्यक्ष संघीय फोरमकी सीताकुमारी यादव)
एमाले विजयी स्थानीय तह
नरहा गाउँपालिका (अध्यक्ष रामशरण यादव/उपाध्यक्ष शोभाकुमारी यादव)
सखुवानन्कारकट्टी गाउँपालिका (अध्यक्ष केदार यादव/उपाध्यक्ष अमलादेवी यादव)
नवराजपुर गाउँपालिका (अध्यक्ष विश्वमोहन यादव/उपाध्यक्ष शोभाकुमारी यादव)
एमालेले लहान नगरपालिकामा अग्रता लिइरहेको छ।
कांग्रेस विजयी स्थानीय तह
कल्याणपुर नगरपालिका (मेयर सूर्यनाथ मण्डल/उपमेयर रोहिनीकुमारी यादव)
सुखीपुर नगरपालिका (मेयर रामअवतार यादव/उपमेयर अमलादेवी यादव)
संघीय समाजवादी विजयी स्थानीय तह
विष्णुपुर गाउँपालिका (अध्यक्ष जागेश्वर यादव/उपाध्यक्ष अरहुलिया देवी सिंह)
भगवानपुर गाउँपालिका (अध्यक्ष बेचनप्रसाद यादव/उपाध्यक्ष सीतादेवी यादव)
संघीय समाजवादी फोरमले सिरहा नगरपालिकाका साथै वरियापट्टी र लक्ष्मीपुर पतारी गाउँपालिकामा अग्रता लिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।