• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थान अभाव

सुरुमा झारफुक, अन्तिम अवस्थामा अस्पताल
64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  १०:५०
1140x725

राजविराज– सप्तरीको डाकनेश्वरी नगरपालिका– ५ पातोकी ३५ वर्षीय प्रमिलादेवी चौधरीलाई ०७६ भदौ २६ गते सर्पले डस्यो। उपचारका लागि उनलाई खडक नगरपालिका– ७ कल्याणपुरस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइयो, तर अन्तिम अवस्थामा। सम्भव नदेखिएपछि केन्द्रले चौधरीलाई भर्ना गरेर उपचार गर्ने जोखिम लिन सकेन। उनलाई रेफर गरेर अन्यत्रै पठाइयो।

‘शरीरभरी गोमन सर्पको बिष फैलिएको थियो। उपचार गरेर बचाउन सक्ने अवस्था थिएन,’ केन्द्रका प्राविधिक चन्द्रबहादुर कठायतले भने ‘त्यसमाथि हामीसँग पर्याप्त उपकरण पनि नभएकोले जोखिम लिन सकेनौं।’

सर्पले डसेपछि धामी–झाँक्रि र झारफुकमा लागेर अन्तिम अवस्थामा मात्रै उपचारका लागि ल्याइएकाले चौधरीलाई उपचार गर्न नसकिएको उनको भनाइ छ। ‘अवस्था जटिल थियो, सुविधासम्पन्न अस्पताल जान हामीले नै सल्लाह दियौं,’ कठायतले भने।

चौधरीलाई रेफर गरेको करिब १ महिनापछि असोज १७ गते तिरहुत गाउँपालिका– ५ की ४० वर्षीया मञ्जु मेहतालाई उस्तै अवस्थामा केन्द्रमा पुर्‍याइयो। झारफुक गर्दा गर्दै गम्भीर अवस्थामा पुगेकी मेहतालाई अन्तिम अवस्थामा मात्रै उपचारका लागि पुर्‍याइएको थियो। केन्द्रले उनलाई पनि अन्यत्रै लैजान सल्लाह दियो।

प्रमिलादेवी र मञ्जु मात्र होइन, कार्तिक १९ गते उपचारका लागि आएका सुरुङ्गा नगरपालिका– ५ की ६२ वर्षीया विन्तु चौधरी र रुपनी गाउँपालिका– ९ की ४२ वर्षीया गंगा सदालाई पनि केन्द्रले रेफर गर्‍यो। उपचार सेवा संचालनमा आएपछि ५ महिनाको अवधिमा केन्द्रले ४ जना जटिल अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको छ।

सुरुमा झारफुक, अन्तिम अवस्थामा अस्पताल
सप्तरीमा पछिल्लो समय सर्पको बिगबिगी बढ्दो छ। तर, सर्पले डस्दा झारफुक गर्ने प्रवृत्ति घटेको छैन। अन्तिम अवस्थामा मात्रै उपचार खोज्ने गरिएका कारण बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ।

‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धाँमी खोज्ने चलन छ,’ उपचार केन्द्रका क्याप्टेन प्रकाश विष्ट भन्छन् ‘सप्तरीमा ९० प्रतिशत बिरामी पहिला धाँमी, त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्छन्।’ यही प्रवृत्तिले अन्तिम समयमा उपचार खोज्दै आएका ४ जना विरामी अन्यत्र रेफर गर्नु परेको उनले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सबै सर्प विषालु हुँदैनन्, ननपोइजनस घटनाका बिरामी घरमै बसे पनि मर्दैनन्। यिनै घटनामा झारफुकले निको भएको भ्रम पर्छ,’ उनले भने ‘सोहि भ्रमका कारण विषालु सर्पले टोकेका बिरामीको ज्यान जाने खतरा रहन्छ।’

सप्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायतका विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धेरै आउने गरेको केन्द्रका प्राविधिकहरु बताउँछन्।

५ महिनामा २ सय ११ को उपचार, धेरैजसो महिला
केन्द्रमा असार १७ गतेपछि २ सय ११ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। जसमा महिलाको संख्या अधिक छ। २ सय ११ मध्ये ८७ जना पुरुष र १ सय २४ जना महिला रहेको केन्द्रले जनाएको छ। प्रायजसो १५ देखि ४५ वर्ष उमेर समूहका व्यक्ति सर्पदंशमा पर्ने गरेका छन्।

असारमा १४ महिला ७ पुरुष,  साउनमा ३४ महिला १४ पुरुष, भदौमा २७ महिला २३ पुरुष, असोजमा २९ महिला २३ पुरुष, कार्तिकमा १२ महिला १७ पुरुष र मंसिरमा ८ महिला ३ पुरुष उपचारका लागि भर्ना भएका थिए। सर्पदंशका बिरामी मध्ये जम्मा ७ जना विष लागेका बिरामी भर्ना भएका थिए। ४ जना गोमन र ३ जना भाइपर (सुगासाप) ले टोकेका विरामी भर्ना भएकोमा गोमनले टोकेका चारै जना रेफर भएको तथा भाईपरले टोकेका ३ जनाको सफल उपचार भएको थियो।

Xtrem

Xtrem

घाँस काट्न जंगल गएका बेला र राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्। केन्द्रमा आसपासका रुपनी, वलान विहुल, अग्निसाईर कृष्णसवरण गाउँपालिका तथा शम्भुनाथ, डाकनेश्वरी, खडक, वोदेवरसाईन, सुरुङ्गा नगरपालिका क्षेत्रबाट सर्पदंशका धेरै विरामी धेरै आउने गरेको विष्टले जानकारी दिए।

दक्षिणक्षेत्रका सर्पदशंका बिरामी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गएपछि राजमार्गतर्फका  बिरामीका लागि केन्द्रले राम्रो सुविधा दिन सक्ने सेनाको अनुमान छ। ‘पूर्वमा सुनसरीको इटहरी र पश्चिममा सिरहाको चोहर्वामा मात्रै सर्पदशंको उपचार हुन्छ,’ क्याप्टेन विष्ट भन्छन् ‘पर्याप्त श्रोत/साधन पाए राजमार्ग र राजमार्गको उत्तरतर्फका विरामीका लागि हामीले राम्रो सेवा दिन सक्छौं।’ 

उपकरण र स्थान अभाव
सर्पदंश उपचार केन्द्रमा उपकरण र स्थान अभाव भएपछि उपचारमा समस्या उत्पन्न भएको छ। उपचार कक्ष, फर्निचर, प्यासेन्ट मोनिटर, सक्सन मेसिन, अक्सोमिटर लगायतका उपकरणको अभाव रहेको प्राविधिक कठायतले बताए। आवश्यक उपकरण र उपचार कक्ष नहुँदा जटिल प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा समस्या हुने गरेको उनले जानकारी दिए।

नेपाली सेनाको राजविराज स्थित भीम दल गणद्वारा १७ असार ०७६ देखि सर्पदंश उपचार केन्द्र संचालनमा ल्याइएको हो। खडक नगरपालिका– ७ स्थित खानेपानी योजनाको जग्गा र भवनमा केन्द्र संचालित छ। वीरेन्द्र सैनिक अस्पतालबाट तालिमप्राप्त सेनाका प्राविधिकहरु चन्द्रबहादुर कठायत, दीपक कठायत र डम्बरध्वज चन्दले बिरामीको उपचार गरिरहेका छन्।

सेनाको अन्य जनशक्ति बस्न र उपचार गर्न कोठा अभाव छ। सर्पदशंको उपचारका लागि दुईवटा कोठामा तीनवटा बेड राखिएको छ। तर, उपचारका लागि कोठा र फर्निचर पर्याप्त नभएको प्राविधिकहरु बताउँछन्। ‘वर्षातको समयमा बिरामीको चाप बढ्छ,’ उनीहरु भन्छन् ‘त्यस्तो बेला कुर्चीमा राखेर बिरामीको उपचार गर्नुपर्छ।’

केन्द्र संचालनका क्रममा खडक नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ उपलब्ध गराएपनि त्यसपछि कतैबाट सहयोग नपाएको संचालन तथा व्यवस्थापन समितिका संयोजक मो. उसमान मियाँले बताए । ‘भएको संरचना र फर्निचर पनि जीर्ण छन्,’ उनले भने ‘भवनमा पानी चुहिन्छ, बेड र कुर्ची पनि पुराना छन्। त्यो पनि पर्याप्त छैनन्।’

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्