बझाङ- बझाङ जिल्लामा हिउँमा पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका वडा नम्बर १ बस्ने १८ वर्षिया कविराज बोहरा १४ वर्षिया शहदेव बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश बमले बताए।
जडिबुटी संकलन गर्ने भन्दै मंसिर २५ गते घरबाट सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाँउमा गएका थिए उनीहरूको हिउँमा पुरिएर मृत्यू भएको हो।
जडिबुटी सङ्कलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगलबार दुवै जना मृत अवस्थामा फेला परेको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए।
मंगलबार प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक बमले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।