काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सचिवालयमा २ महिला थपेर १५ सदस्यीय बनाउन नेकपा स्थायी समिति बैठकमा संयुक्त प्रस्ताव पेश, उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेक्न घनश्याम भुसालको प्रस्ताव।
२) पाँच महिनामै राजस्वको लक्ष्य र असुलीको अन्तर ८५ अर्ब नाघ्यो, सरकारको लक्ष्य ४ खर्ब २ अर्ब तर राजस्व उठ्यो जम्मा ३ खर्ब १८ अर्ब।
३) आफ्नो क्षेत्रमा सञ्चालित इँटा उद्योग हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकाका स्थानीय आन्दोलनमा, जनस्वास्थ्यमा गम्भीर असर परेको तर्क।
४) पहिलो पीपीएलको फाइनलमा पोखरासँग हारेको चितवन जारी दोस्रो पिपिएलमा थप बलियो, चितवनसँग पोखरा पल्टन ६ विकेटले पराजित, बाबरको उत्कृष्ट ब्याटिङ।
५) र, दुबईमा उपचारत पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड दिने फैसला, संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको आरोप, अभियोग निराधार भएको मुशर्रफको दाबी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।