काठमाडौं- प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले धनशक्ति र जनशक्तिको अभावमा पनि विकासका कामहरुलाई गति दिएको बताएका छन्।
मंगलबार रिपोर्टस क्लबमा पत्रकारहरुसँगको साक्षात्कारमा बोल्दै मन्त्री सोनालले सिमित स्रोत र साधानको बावजुद पनि विकास निर्माणको कामलाई तिब्रता दिएको बताएका हुन्।
उनले न्यून बजेट हुँदा पूर्वाधार विकासमा अवरोध भएको भन्दै संघीय सरकारलाई बजेट बढाउन आग्रह गरे। उनले प्रदेश २ मा ५ हजार कर्मचारीको आवश्यकता भएपनि संघीय सरकारले २ हजार कर्मचारी मात्र पठाएकोले जनशक्ति अभावमा कार्यक्रमहरु प्रभावित भएको जानकारी दिए।
उनले प्रदेश २ को मुख्य चुनौति नै सिमित स्रोत साधन र बजेट रहेको बताए।
उनले प्रदेश २ मा कृषि, धार्मिक पर्यटन, सडक पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यमा व्यापक सुधार गरेमात्रै मानवीय विकासलाई माथि पुर्याउन सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।