सप्तरी- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडाध्यक्ष लक्ष्मी साहको रिहाइको माग गर्दै शम्भुनाथ नगरपालिकाको कामकाज अनिश्चितकालका लागि बन्द गरिएको छ।
शम्भुनाथ नगरपालिकाले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ।
साहलाई झुठा आरोप लगाई फसाउन खोजिएको निश्कर्ष निकाल्दै अनिश्चितकालीन बन्दको घोषणा गरिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
शम्भुनाथ नगरपालिका-१२ का वडाध्यक्ष लक्ष्मी साहलाई बुधबार बलात्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ।
नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्ति
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।