काठमाडौं- गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
मंगलबार उनीहरूलाई अख्तियारले कार्यालयबाटै पक्राउ गरेको हो।
जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
मुद्दा हार्ने पक्षलाई आठ लाख रुपैयाँ फिर्ता गरेको निवेदन परेपछि अख्तियारले उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।