एजेन्सी- बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘दबंग ३’ रिलिजको अन्तिम तयारीमा छ। रिलिज मिति नजिकिँदै जाँदा प्रभुदेवा निर्देशित यो फिल्मका बारेमा केही तथ्य बाहिर आएका छन्ः
१. ‘दबंग ३’ मा सलमान खान एक पटक फेरि चुलबुल पाण्डेको भूमिकामा देखिँदैछन्।
२. फिल्ममा चुलबुल पाण्डेको अतितको कथाका साथै चुलबुलको व्यक्तित्वको बारेमा बताइँदै छ।
३. दबंग ३ को कथा सलमान खान आफैंले लेखेका हुन्।
४. दबंग ३ बाट अभिनेता तथा निर्देशक महेश माञ्जरेकरकी छोरी सई माञ्जरेकरले डब्यू गर्दैछिन्।
५. सई फिल्ममा सलमानले मन पराएकी केटीको भूमिकामा देखिँदैछिन्। उनको भूमिकाले चुलबुल पाण्डेको चरित्रलाई थप रोमाञ्चक बनाउने छ।
६. फिल्ममा दक्षिण भारतीय स्टार किच्चा सुदीप खलनायकको रुपमा प्रस्तुत हुँदैछन्। उनको चरित्रको नाम हुनेछ, बल्ली।
७. दबंग ३ मा सोनाक्षी सिन्हा, प्रीति जिन्टा, अरबाज खान, माही गिल र टिनु आनन्दले पनि अभिनय गरेका छन।्।
८. दबंग ३ को क्लाइमेक्स दृश्यको सुटिङ गर्न २३ दिन लागेको थियो।
९. निर्माताले यो फिल्मलाई हिन्दीका अलावा तमिल, तेलुगु र कन्नड भाषामा रिलिज गर्दैछन्।
१०. दबंग ३ सलमान खानको पहिलो बहुभाषी फिल्म हो।
११. यो फिल्मलाई भारतका करिब ५४ सय हलमा रिलिज गर्ने तयारी भएको छ। जुन अहिलेसम्मकै सबैभन्दा धेरै हलमा रिलिज हुने फिल्म हुनेछ।
१२. फिल्ममा विनोद खन्नाका भाइले विनोद खन्नावाला भूमिका निर्वाह गरेका छन्।
१३. दबंगको तीन वटै फिल्म अलग–अलग निर्देशकले निर्देशन गरेका छन्। अभिनव कश्यपले दबंग, अरबाज खानले दबंग २ र प्रभुदेवाले दबंग ३ निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।