एजेन्सी- बलिउड अभिनेत्री करिना कपुर खान भारतीय फिल्म जगतकी सबैभन्दा फेसनेबल कलाकारमध्ये एक हुन्। उनको नयाँ फिल्म ‘गुड न्युज’ २७ डिसेम्बरमा रिलिज हुँदैछ। फिल्ममा उनी अक्षय कुमारसँग मुख्य भूमिकामा प्रस्तुत हुँदैछिन्।
करिना यतिखेर फिल्म गुड न्युजको प्रमोसनमा व्यस्त छिन्। यही क्रममा उनले आफूलाई युवा पिँढीका कलाकारसँग तुलना नगर्न आग्रह गरेकी छिन्। उनले भनेकी छिन्, ‘अहिले पनि मलाई युवा पिँढीका कलाकारसँग तुलना गरिन्छ, त्यो सरासर गलत हो।’
करिना धेरै वर्षदेखि भारतीय फिल्मका दर्शकलाई मनोरञ्जन दिँदै आएकी छिन्। उनी अहिले पनि निकै चर्चित छिन्।
सेफ अली खानसँग विवाह गरी बच्चा समेत जन्माइसकेकी करिनालाई बलिउडमा नयाँ पुस्ताका कलाकारसँग तुलना गर्न र उनको प्रस्तुतिप्रति प्रश्न उठाउन सुरु भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
सन् २००० मा रिलिज भएको फिल्म ‘रिफ्युजी’ बाट करिअरको सुरुवात गरेकी करिनाले करिब २० वर्ष फिल्ममा काम गरिसकेकी छिन्। करिना भन्छिन्, ‘लगातार कुनै न कुनै नयाँ कुरा खोज्ने कोसिसमा छु, त्यसकै परिणाम म आज पनि फिल्ममा सक्रिय छु।’
उनले अगाडि भनेकी छिन्, ‘म अहिले पनि काम नै गरिरहेकी छु तर पनि मेरो तुलना युवा पिँढीसँग भइरहेको छ। म अहिले युवा पिँढीको हिस्सा होइन र यो पिँढीसँग मेरो प्रतिस्पर्धा पनि छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।