काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेकपा स्थायी समिति बैठकमा ’एमसीसी’ पारित नगर्न माग, अध्यक्षद्वयको प्रतिवेदनमाथि वामदेव गौतमको लिखित प्रस्ताव, महिला सदस्य थपेर सचिवालयको आकार बढाउन शाक्यको माग।
२) ’गरिमा’ धान पीडितलाई क्षतिपूर्ति दिन कानुनी र आर्थिक झन्झट देखिएको भन्दै अर्को अध्ययन समिति बनाउने तयारी, तेस्रोपटक अध्ययन गर्दै कृषि मन्त्रालय।
३) अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव संसदीय समितिमा, अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन पेश।
४) पोखरा प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको अन्तर्गतको दोस्रो खेलमा एक्सपर्ट धनगढीको सुखद सुरुवात, विराटनगर टाइटन्स ५ रनले पराजित।
५) र, नागरिकता संसोधन विधेयकका कारण भारतसँग चिढियो बंगलादेश, अवैध बंगलादेशी नागरिकको सूची उपलब्ध गराउन विदेश मन्त्री मोमेनको भारतलाई चेतावनी।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।