काठमाडौं- विशेष अदालतले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेषले सोमबार उनलाई दोषी ठहर गरेको हो। विशेष अदालतले सजाय निर्धारण भने पछि गर्नेछ। आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध २४ लाख ४६ हजार माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।
ढकालमाथि परिषद्मा रहँदा तलबी भरपाइको जोडजम्मामा फरक पारी खर्च लेखेको अरोप थियो। आर्थिक वर्ष २०७२/०७३ को लेखापरीक्षण हुँदा लेखापरीक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार राजस्व दाखिला भएको महालेखापरीक्षकको प्रतिवेदन प्राप्त भएपछि अख्तियारले छानविन थालेको थियो। अनुसन्धान हुँदा २४ लाख ४६ हजार रुपैंया रकम निकासा गरेको पाइएपछि सो बराबर बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको थियो।
ढकाल हाल खनियावास गाँउपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत रहेका छन्। उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद सजाय पनि हुनेछ। सजाय भने विशेषले पछि निर्धारण गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।