काठमाडौं- भ्रष्टाचारको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी श्याम राईले सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले राईलाई सफाइ दिएको हो।
२०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला १ लाख ४० हजार रकमसहित उनी पक्राउ परेका थिए। राईले भने आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको बताउँदै आएपनि अख्तियारले उनीमाथि मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।