एजेन्सी- बलिउड सुपरस्टार सलमानको नयाँ फिल्म ‘दबंग ३’ छिट्टै रिलिज हुँदैछ। सो फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा देखिँदैछन्।
दबंग ३ रिलिज नै नभई उनको अर्को फिल्म ‘राधे’ को चर्चा सुरु भइसकेको छ। सलमान पनि फिल्म राधेलाई लिएर निकै उत्साहित छन्।
फिल्म राधेको सुटिङ स्थलमा सलमानले केही कडा नियम लागू गरेका छन्। उनको नियम सुटिङ स्थलमा काम गर्ने सबैले अनिवार्य रुपमा पालना गर्नुपर्ने छ।
फिल्म राधेको सुटिङका क्रममा जोडिएका कुनै पनि जानकारी फिल्म रिलिज हुनुभन्दा पहिले बाहिर नजाओस् भन्ने सलमानले चाहेका छन्। यही कारण उनले सेटमा एक–दुई होइन, १५ नियम बनाएका छन्।
सुटिङका क्रममा भएका कुरा बाहिर फैलाउन प्रतिबन्ध, तस्बिर खिच्न प्रतिबन्ध, अर्को व्यक्तिसँग अभद्र भाषा प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै काम गर्नका लागि स्वस्थ वातावरण बनाउनुपर्ने नियम उनले लागू गरेका छन्।
उनले सेटमा कुनै पनि नयाँ कलाकारलाई सक्दो सहयोग गर्नुपर्ने र उनीहरुलाई हेप्ने, होच्याउने काम गर्न नपाइने नियम बनाएका छन्। यसका साथै सलमानले सेटमा अनुशासन कायम गर्नुपर्ने नियम पनि लागू गरेका छन्।
अहिले फिल्म राधेको सुटिङ बान्द्रास्थित महबुब स्टुडियोमा चलिरहेको छ। सोही स्थानमा सलमानले यस्ता नियमको सूची तयार गरेका हुन्। राधेको निर्देशन प्रभुदेवाले गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।